अधिक संभावन सहित ललितपुर महानगको मेयरका दाबेदार प्रेमकृष्ण महर्जन

Published: April 18, 2022 | 12:12 pm | सोमवार, बैशाख ५, २०७९ | ४५८ पटक पढिएको

ललितपुर । ललितपुर कांग्रेसका प्रभावशाली नेता प्रेमकृष्ण महर्जन ललितपुर महानगरपालिकाको मेयर पदका प्रमुख दाबेदार हुन् । लामो राजनीतिक इतिहास भएका महर्जनको नाम मेयर पदको उम्मेदवारका लागि अधिक चर्चामा रहेको छ । वि.सं.२०२२ सालमा ललितपुर पाटनको दुपाट टोलमा सामान्य किसान परिवारमा जन्मिएका प्रेमकृष्ण महर्जनले आइकमसम्मको शैक्षिक योग्यता हासिल गर्न सफल भए
वि.सं. २०३६ सालदेखि स्थानीय राजनीतिमा क्रियाशील रहेका प्रेमकृष्ण महर्जन २०४६ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील छन् । वि।सं २०४७ सालमा तत्कालीन ललितपुर नगरपालिकाको ७ नं वडाका इकाई सभापति भएका प्रेमकृष्ण २०४८ सालमा भएको नेपाली काँग्रेसको आठौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सफल भए ।

वि.सं.२०५३ सालमा भरतलाल न्याछ्यों नगरसभापति भएको समयमा कार्यवाहक नगरसभापति समेत भएर काम गरिसकेका प्रेमकृष्ण महर्जन दशौं महाधिवेशनमा ललितपुर क्षेत्र नं.२ को क्षेत्रीय सभापति भएर काम गर्न सफल भए । वि.सं. २०४७ सालमा क्रियाशील सदस्य प्राप्त गरेका प्रेमकृष्ण महर्जन अहिलेसम्म निरन्तर महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको हैसियतमा हालसम्म क्रियाशील छन् ।

चिल्ड्रेन्स क्लबको संस्थापक अध्यक्ष भएर विभिन्न फूटवल प्रतियोगिताहरुका साथै व्याडमिन्टन, टेवल टेनिस, रनिङ लगायतका खेलकुदका कार्यक्रमहरु समेत गरेर सामाजिक कार्यमा क्रियाशील हुँदै आएका प्रेमकृष्णले पाटनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकन छन् । ज्यापू समाजको संस्थापक सदस्य समेत रहेका प्रेमकृष्ण आफूले निरन्तर १३ वर्ष ज्यापू समाजको कार्यसमितिमा रहेर सामाजिक योगदान गरेको वताउँछन् ।

वि.सं. २०५४ सालमा तत्कालीन ललितपुर उपमहानगरपालिकाको उपप्रमुखको उम्मेदवार भएका प्रेमकृष्ण महर्जनले तत्कालीन नगरप्रमुखको उम्मेदवार भन्दा चार हजार मत बढि ल्याउन सफल भएका थिए । वि.सं २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत ललितपुर महानगरपालिकाको नगरप्रमुखको दावेदारी गरेका प्रेमकृष्ण महर्जन २०७४ कै प्रदेशसभा निर्वाचनमा ललितपुर क्षेत्र नं. २ को ख प्रदेशबाट उम्मेदवार बनेका थिए ।

ललितपुर महानगरपालिकाको नगर प्रमुख भएरै जनताको सेवाका लागि काम गर्ने आफ्नो योजना रहेको वताउने प्रेमकृष्ण महर्जन पार्टीको संगठन र जनमत वलियो हुँदाहुँदै पनि २०७४ सालमा कम्युनिष्ट एकताको कारण आफू पराजीत हुनु परेको स्मरण गर्छन् ।

पार्टीले आफूलाई जनप्रतिनिधिका लागि दुई पटक अवसर दिएको र प्राविधिक कारणले गर्दा आफू सफल हुन नसकेको स्मरण गर्दै प्रेमकृष्ण महर्जन भन्छन्, ‘यस पटक जनताको माया र सदभावले पार्टीको साख र इज्जतलाई उँचो बनाउने गरी अधिक मतले जित हासिल गर्न सफल हुनेछु भन्नेमा पूर्ण विश्वस्थ छु ।’

आफूले विभिन्न परिस्थिति र आपतकालीन अवस्थामा पनि यहाँका स्थानीयहरुको सेवा गरेका कारण अब ललितपुर महानगरपालिकाको प्रमुख भएर काम गर्न महानगरवासीहरुले दवाव दिइरहेको वताउने प्रेमकृष्ण आफू निर्वाचित भएपछि जनतालाई अनुभुत हुने गरि महानगरपालिकाले काम गर्ने जनाउँछन् ।

आफू ललितपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुन पाए यहाँको कला, संस्कृतिको प्रवर्द्धन गर्ने, महानगरभित्र वसोवास गर्ने सम्पूर्ण स्थानीयवासीहरुको स–साना समस्याहरुदेखि यहाँको ढल निकास, फोहोरमैला, खानेपानीको समस्या समाधानका लागि चासो दिएर काम गर्ने वताउँछन् प्रेमकृष्ण ।

महानगरको नेतृत्वमा स्थापित हुन पाएको अवस्थामा यहाँका सबै जातीय संघसंस्थाहरुसंग समन्वय गरेर सबैलाई अपनत्वबोध हुने गरी काम गर्ने सोच रहेको प्रेम कृष्ण महर्जन भन्छन्, ‘मलाई ठूलो कुरा र नसक्ने कुराको आश्वासन दिएर क्षणिक लोकप्रिय हुनु छैन । जे बोल्छु, त्यो गर्छु । जे गर्छु त्यही अनुसार सबैलाई अपनत्वबोध हुने गराउँछु । म त केवल एक पात्र न हो । ’

४५९ Total Views ९ Views Today

Comments