बी डिभिजन लिग फुटबल प्रतियोगिता खेल्न ब्वाइज युनियन क्लबको टिम काठमाडौ प्रस्थान

Published: February 23, 2022 | 6:23 am | बुधबार, फाल्गुन ११, २०७८ | ६८३ पटक पढिएको

सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता खेल्न ब्वाइज युनियन क्लबको टिम काठमाडौ प्रस्थान गरेको छ । टिममा धराने खेलाडीको बाहुल्यता रहेको छ भने झापा तथा मोरङका खेलाडी सम्मिलत छन् ।

टोलीलाई आज एन्फाका एक नं. प्रदेश अध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले विदाई गर्नुभएको छ । टिमका प्रशिक्षक सागर घिमिरेले यसवर्ष गतवर्ष भन्दा राम्रो तयारी गरेको बताउनुभयो । क्याप्टेन बिटु तामाङले पनि सबैको साथ सहयोगले हौसला बढेको बताउदै जिम्मेवारी बढेको प्रतिक्रिया दिनुभयो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरुआत गर्ने भएको छ । गतवर्ष ब्वाइज युनियन क्लबले चौथो स्थानमा लिग सम्पन्न गरेको थियो ।

१२ टिम सम्मिलित प्रतियोगिताको कुला ११ खेलमा ७ जित १ बराबरी र ३ हार गरी चौथो स्थानमा रहेर लिग सकेको थियो । बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहनेछ । सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष स्थान हासिल गर्ने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।

६८४ Total Views ६ Views Today

Comments