चौविसे रनिङ कप फुटबल : पुरुषतर्फ राजाराधी फुटबल क्लब र महिलामा कुरुलेतेनुपा फुटबल क्लब जितेको छ

Published: February 23, 2022 | 6:21 am | बुधबार, फाल्गुन ११, २०७८ | ७०४ पटक पढिएको

धनकुटाको चौविसे गाउँपालिकाको राजारानीमा सम्पन्न तेस्रो चौविसे रनिङ कप फुटबल प्रतियोगितामा पुरुषतर्फ राजाराधी फुटबल क्लब र महिलामा कुरुलेतेनुपा फुटबल क्लबले उपाधि जितेको छ ।

उपाधिसँगै नगद ६० हजार र ३० हजार रुपैयाँसहित ट्रफी पाएका छन् । चौबिसे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा मंगलबार सम्पन्न प्रतियोगितामा राजारानीले वडा नम्बर ८ को वसन्तटारलाई सून्यका विरुद्ध ८ गोलले हराएको हो । त्यस्तै महिलामा कुरुलेतेनुपाले बुधबारे फुटबल क्लबलाई सून्यका विरुद्ध एक गोलले जितेको हो ।

उपविजेता बनेका पुरुष टिमले नगद ४० हजार र महिला टिमले नगद २० हजार रुपैयाँ पाएको छ । प्रतियोगीतामा विजयी खेलाडीहरुलाई प्रतियोगीताको प्रमुख अतिथि प्रदेश नं.१ प्रदेश सभा सदस्य निरन राई, प्रदेश सभा सदस्य विनादेवी राई, गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाललगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगीतामा चौविसे गाउँपालिकाको ८ वटै वडाबाट पुरुष र महिलाका टिम सहभागी थिए ।

७०५ Total Views ९ Views Today

Comments