एक युगल जोडी , नेपालकी कोरियन बुहारी नाही र आशिषसंग भ्यालेन्टाईन बिशेष कुराकानी
आज प्रणय दिवशको अवसर पारेर हाम्रो टिमले एक पोडकस्टको तयारि गर्ने निर्णय गरियो । यो प्रवासको ठाउमा प्राविधिक तथा अन्य कुरा मिलाउन त्यसै त गार्हो थियो नै त्यो पछिको पहिलो एपिसोडको अतिथि कसलाई निमन्त्रणा गर्ने भन्ने कुराले द्विविधा बनाएको थियो ।
जे होस् जसोतसो टीमले निर्णय गरेर एक उदाहरणीय जोडीलाई निमन्त्रणा गर्ने जमर्को गरेर अघि बढियो ,अनि हाम्रो अतिथीद्वयमा कोरियामा रहेर दैनिक जीवनशैलीको विभिन्न प्रकारका मसालेदार भिडियो तथा vlogs हरु बनाएर चर्चाको शिखर चुम्दै गरेका एक प्रेमिल जोडी (आशिष र नाही) लाई निमन्त्रणा गरियोखास दिनको अवसर पारेर गरिएको कुराकानीले र यी जोडीको उदाहरणीय विभिन्न रचनात्मक कार्यहरुले त पक्कै धेरै प्रेरणाहरु मिल्ने नै छ ,त्यसमा पनि एक नेपाली पुरुष अनि एक कोरियन महिलाको चोखो र साँचो प्रेमको यो कुराकानीले पक्कै स्वार्थी प्रेमील जोडीहरुलाई अर्को प्रेरणा मिल्ने भने पक्कै छ।
आउनुहोस उहाहरुसँग प्रस्तोता रेश्मा राईले गरेको बिशेष कुराकानी भिडियोमा हेरौँ, साथै यो भिडीयोको तल डिस्कृप्शनमा अतिथीद्वयको आफ्नो युट्य़ूब च्यानलको लिंक पनि राखेका छौ कृपया हेरेर अझ माया गरिदिनुहुनेछ भन्ने बिश्वाश गरेका
छौँ