इक्याम शूटद्वारा छायांकन गरिएको सिनेमाटिक भिडियो कोरियामा रुचाईँदै
भिजन नेपाल ,सोल
दक्षिण कोरियामा आजभोलि मौसम चिसो छ। सबैजना चिसो मौसमको कारण बाहिर निस्कन गार्है मान्छन तर चिसोको कुनै प्रवाह नगरी ईक्याम शूट टीम भने सिनेमाटिक भिडियो बनाउन प्राय: सधै बाहिर देखिन्छन। कोरियामा ईक्याम शूट ले सिनेमाटिक भिडियो मात्र हैन अन्य म्युजिक भिडियोहरु निर्माण गरिसकेको छ। यसै क्रममा भर्खरै एक सिनेमाटिक भिडियो आफ्नो च्यानलमा अपलोड गर्दै ईक्यम शूटले आफ्नो कामको औपचारिकता शुरुवात गरेको देखिन्छ।
उक्त सिनेमाटिक भिडियो मोडेल अन्जी तामाङ्गको रहेको छ , ईजोक थापाद्वारा छायांकन गरिएको उक्त सिनेमाटिक भिडियो राजधानी सोलस्थित एक पार्कमा हिऊँ परेको बेला लीइएको हो। यस भिडियोको सम्पादन पनि स्वयम् थापाले नै गरेका हुन्। आउने समयमा अझ राम्रो सिनेमाटिक भिडियो साथै अन्य म्युजिक भिडियोहरु ईक्याम शूटले निर्माण गर्ने जनाएको छ।
सिनेमाटिक भिडियो हेर्न तलको युट्युब लिंकमा क्लिक गर्नुहोस :