धरानमा भएको सुँगुर कप फुटबल प्रतियोगिताको उपाधी नेभर माइण्ड फुटबल क्लवलाई

Published: September 28, 2021 | 1:57 am | मङ्लबार, अशोज १२, २०७८ | १८२ पटक पढिएको

रिकेश विश्वकर्मा, धरान
रेल्वे युवा समुहको आयोजनामा धरानमा भएको सुँगुर कप फुटबल प्रतियोगिताको उपाधी नेभर माइण्ड फुटबल क्लबले जितेको छ ।

सोमवार भएको फाइनल खेलमा नेभर माइण्ड एफसीले नमस्ते युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरी उपाधी जितेको हो । नेभर माइण्डकालागी क्याप्टेन प्रनिस राईले २ गोल गरे भने दिपिन राईले एक गोल गरेका थिए । उपाधीसँगै नेभर माइण्डले नगद २१ हजार र उपविजेता नमस्ते युवा क्लबले नगद १० हजार पुरस्कार जितेको छ ।

प्रतियोगितामा फाइनल खेलको म्यान अफ द म्याच प्रनिस राई घोषित भए । त्यस्तै प्रतियोगिताको बेष्ट प्लेयर पनि उनी नै घोषित भएका थिए । त्यस्तै गरी बेष्ट मिडफिल्डर नमस्ते युवा क्लबका पवन तामाङ घोषित भए भने अन्य विधामा सबै खेलाडी नेभर माइण्ड एफसीका खेलाडीले जितेका छन् । प्रतियोगिताको बेष्ट डिफेन्स प्रज्वल थापा, बेष्ट स्ट्राइकर मार्टिन राई, बेष्ट कोच जोसन राई, बेष्ट किपर सन्तोष कार्की, राइजिङ प्लेयर विकेन राई र उच्च गोलकर्ता मार्टिन राई घोषित भएका थिए । यही भदौ ३० गतेबाट सुरु भएको सुँगुर कप फुटबल प्रतियोगितामा १८ टिमको सहभागिता रहेको आयोजक रेल्वे युवा समुहका अध्यक्ष अमिन राईले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेता उपविजेता तथा व्यक्तिगत पुरस्कार विजेता खेलाडीलाई धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, युवा नेता अर्जुन लिम्बू, एमाले नेता मुरारी सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।

१८३ Total Views ३ Views Today

Comments