विश्व पर्यटन दिवस पुर्वेली पर्यटन प्रवर्धनका लागि विशेष कार्यक्रम

Published: September 28, 2021 | 1:38 am | मङ्लबार, अशोज १२, २०७८ | ४१९ पटक पढिएको

धरान,मौसमी कार्की

सोमबार विश्व पर्यटन दिवस विविध कार्यक्रम गरि मनाईएको छ ।त्यस्तै समिट सकेण्डरी स्कुल धरानले कक्षा १२ मा पर्यटन संकायमा अध्यनरत विधार्थी समावेश गराएर पुर्वेली पर्यटन प्रवर्धनका लागि विशेष कार्यक्रम गरेको छ ।

पर्यटन दिवसको अघिल्लो दिन आईतबार धरान ९ बगैंचा लाईनमा सरसफाई गरेको प्रन्सिपल रमेश दाहालले बताउनुभयो । त्यसपस्चात ४० जना विधार्थीले विभिन्न साँस्कृतिक पहिरनमा धरान १४ बुढासुब्बा मन्दिरमा भक्तजनमाझ साकेला नृत्य, भेडेटार चोकमा हुर्रा नृत्य, मुलघाट तमोर नदिको पुलमा राष्ट्रिय गितमा नृत्य हिलेको पाख्रिबासमा नेवारी साँस्कृतिक नृत्य प्रस्तुत गरिएको पर्यटन संकायका समिट शिक्षक साथै कोअर्डिनेर अनिमेष बास्तोलाले जानकारी दिनुभयो ।

साथै डोकोमा मौलिक पर्यटकलाई आकर्षित गर्ने चियाको मुना टिप्ने कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभयो । सोमबार विश्व पर्यटन दिवसको दिन मेयर वृष कुमार राईको प्रमुख आतिथयतामा वृक्ष रोपण कार्यक्रम गरिएको बास्तोलाले बताउनुभयो । त्यसका साथै पुर्वका विभिन्न पर्यटकिय स्थलहरूका सेभ कल्चर सेभ दि टुरिजम, सेभ रिलिजियस राईट्स, सेभ दि टुरिजम, सेभ ईन्फ्रस्टक्चर ,सेभ दि टुरिजम आदि लेखिएको व्यानर टासिएको थियो ।

४२० Total Views ३ Views Today

Comments