नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा महिला तथा बालबालिकाको विषयमा एकदिने अभिमूखीकरण कार्यक्रम सम्पन्न, ३५ जना पत्रकार सहभागी ।।

Published: July 7, 2021 | 1:38 am | बुधबार, असार २३, २०७८ | ५०० पटक पढिएको

धरानः नेपाल पत्रकार महासङ्घ सुनसरीले महिला तथा बालबालिकाको सवालमा सञ्चारमाध्यमको भूमिका विषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। मंगलवार इनरुवा नगरपालिकाको आर्थिक सहयोगमा सुनसरीका करिब ३५ जना पत्रकारहरुका बिच यो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो। इनरुवा नगरपालिका प्रमुख राजन मेहताले आजको विषम परिस्थितिमा महिला तथा बालबालिकाहरुको हकका लागि पत्रकारहरु अझ खुलेर लाग्नु पर्नेमा जोड दिँदै पत्रकारहरु प्रति नगरपालिका सधैँ सकारात्मक रहेको बताउनुभयो ।
महिला पत्रकारहरूको विशेष उपस्थिति रहेको यस कार्यक्रम को सहजीकरण प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं १ का यज्ञ शर्मा र महिला अधिकारकर्मी शोभा बजगाईंले गर्नुभएको थियो ।

५०१ Total Views ३ Views Today

Comments