टिकटक प्रतियोगिताको नतिजा सार्वजनिक

Published: November 18, 2020 | 3:37 am | बुधबार, मंसिर ३, २०७७ | १७६० पटक पढिएको

सोनाम दोङ्बा ह्योल्मो, सौल –

किराँत याक्थुङ चुम्लुङ द. कोरियाको सिरिजङ्गा सांस्कृतिक विभागले लिम्बु कला, सँस्कृतिको प्रचारप्रसार तथा संरक्षण र संवर्द्धन गर्न विश्वव्यापी गरिएको टिकटक प्रतियोगिताको नतिजा नोभेम्बर 15 आइतबार कोरियाको राजधानी सौलमा एक कार्यक्रम गरि सार्वजनिक गरेको छ।

 

प्रतियोगीहरूको भिडियोमा आएको (like👍, love ❤, care🥰, waoo🤗) मध्ये कुनै एक रिएक्ट बापत १ अङ्क र सेयरलाई १ अङ्क दिएको थियो । हजारौ प्रतिष्पर्धीहरुले  सहभागीहरू यस कार्यक्रममा भाग लिएका थिए जस मध्ये उत्कृष्ट चारमा पर्न सफल प्रतियोगिहरूको नाम, ठेगाना र प्राप्त नगद पुरस्कार यस प्रकारको रहेको छ।

 

 

☆प्रथम प्र. न.  १८- चाइना योङ्या सेर्मा, याङवरक-३ ओयाम रू ५०,००० (पचास हजार)
☆दोस्रो प्र. न ५० – नुमा माबुहाङ, लालीगुराँस नगर-३ तेह्रथुम – रू ३०,००० (तिस हजार)
☆तेस्रो प्र. न १२४ – रोजनी तेयुङ लिम्बु, धरान १६ सुनसरी – रू १५,००० ( पन्ध्र हजार )
☆सान्त्वना प्र. न – ११३ – सक्ष्यम लिम्बु, धरान १० सुनसरी रू ५,००० (पाँच हजार )
माथी उल्लेखित सम्पुर्णले विशेष प्रमाणपत्र पनि प्राप्त गरेका छन।

 

 

उत्कृष्ट पाँच भिडियोलाई जुरी अवार्ड प्रदान गरिएको छ जसको नाम-
1) एम के योङहाङ
2) कृष्णा माबुहाङ
3) उमा सम्वाहाङ्फे
4) नुमा तिलिङ मादेन
5) विना पन्धाक लिम्बु

यस विशेष कार्यक्रमका निर्णायक मण्डलहरूमा यसेली योङयाङ, मौसम लिम्बु (फु?लेन्देको बाउ), युवेन तुम्बापो लिम्बु रहेका थिए ।

 

विश्वभर टिकटक एप्लिकेसन प्रयोग गरि विभिन्न किसिमका भिडियोहरू सार्वजनिक भइराख्दा किराँत याक्थुङ चुम्लुङ द कोरियाले आफ्नो कला, सँस्कृतिको प्रचारप्रसार तथा संरक्षण र संवर्द्धनको लागि गरिएको यस प्रतियोगिता टिकटक एप्लिकेसनको एक उत्कृष्ट प्रयोग भएको देखिन्छ।

नतिजा सार्वजनिक कार्यक्रमका केही झलकहरू-

 

१७६१ Total Views ६ Views Today

Comments