राम शोभा राईको उत्कृष्ट शब्द रहेको गीत सार्वजनिक

Published: October 20, 2020 | 2:11 pm | मङ्लबार, कार्तिक ४, २०७७ | ५३६ पटक पढिएको

काठमाडौँ  । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित गायिका  मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको “बुट्टे चोली”  बोलको गीत राम शोभा राई अफिसियल नामक  युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा राम शोभा राईको उत्कृष्ट शब्द रहेको गीतमा सुमन राईको संगीत रहेको छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । यस म्युजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन् ।

भिडियोमा अनुशा राई र चर्चित डान्स ग्रुप “भिमफेदी गाईज”को धमाकेदार अभिनय रहेको छ । भिडियोलाई पवन सुस्लिङले छायांकन गरेका हुन् भने कोरियोग्राफी “भिमफेदी गाईजको रहेको छ ।  भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

५३७ Total Views ६ Views Today

Comments