लियो कल्वद्वारा मायाघर सेवास्थल लाङ्गालीलाई शुक्रबार खाध्यन्न सहयोग

Published: September 12, 2020 | 5:07 am | शनिबार, भदौ २७, २०७७ | १२९ ८ पटक पढिएको

धरानमा रहेकोे चारओटा लियो र विराटनगरको २ ओटा लियो कल्वले मायाघर सेवास्थल लाङ्गालीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै खाध्यन्न हस्तान्तरण गरेको छ ।लियो ड्रिष्ट्रिक्ट काउन्सिल ३२५ ए१ युनाईटेड जाने अन्तर्गतमा पर्ने लियो कल्व अफ दन्तकाली धरान ,लियो कल्व अफ धरान विजयपुर ,लियोकल्व अफ महानगर विराटनगर ,लियोकल्व अफ गोग्राह विराटनगर ,लियो कल्व अफ घोपा युनाईटेड र लियो कल्व अफ धरानबुढासुब्बाले संयुक्त रूपमा मायाघर ईटहरीकी अध्यक्ष राधिका दासी माहाराजलाई खाध्यन्न हस्तान्तरण गरेकोे हो ।


४ बोरा चामल ,१० केजी दाल ,१ कार्टुन तेल , १२ प्याकेट बिस्कुट ,१ बोरा न्युटेला ,हरियो तरकारी लगायतको सामाग्री प्रदान गरिएको छ । जहाँ आवश्यक्ता त्यहाँँ लियो सदैव सहयोग गर्न तत्पर रहेको सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी लायन ड्रिष्टिक्ट ट्रेनिङ कमिटि पुल लायन ’धिरज गुरूङ पि एम जे एफले बताउनुभयो ।
ईन्टरनेसनल मेघा ट्विनिङ फोकष्ट अन हन्गर रिलिफ ’को अवसरमा खाध्यन्न वितरण गरिएकोे युनाईटेड जोन चियरपर्सन लियो किसन रोनियरले बताउनुभयो ।
कार्यक्रममा लायन्स कल्व अफ धरान विजयपुरका अध्यक्ष कबिर भगत प्रधानाङग ,लियो ड्रिष्टिक्ट काउनसिल ३२५ ए वान का डिष्ट्रिक्ट टेल ट्विस्टर लियो युकेस कुसी ,लियो ड्रिष्टिक्ट काउनसिल ३२५ ए वान का डिष्ट्रिक्टका ट्रेनिङ पुल चिफ लियो बिज्ञान बल तामाङ्ग लगायतको उपस्थिति रहेको थियो ।

१२९ ९ Total Views ३ Views Today

Comments