राष्ट्रिय “झण्डा जल्यो’’ बिषयक अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

Published: September 1, 2020 | 3:00 pm | मङ्लबार, भदौ १६, २०७७ | ६६२ पटक पढिएको

 

२९ अगस्ट, सनिबार जसपा, नेपाल सम्वद्ध पहिचानमा आधारित दश जोड एक प्रदेश राष्ट्रीय समिति अन्तर्गत किरात राष्ट्रीय समिति, नेपालको प्रवास संगठन किरात राष्ट्रीय सम्पर्क समिति दक्षिण काेरियाद्वारा आयाेजित ( अन्लाईन कार्यक्रम दाेस्राे शृंखला)  प्रमुख अतिथि : जसपा, नेपालका केन्द्रीय सदस्य तथा प्रवास संगठन ईन्चार्ज आङ्काजी शेर्पाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

एकात्मक हिन्दु राष्ट्रवादि पहिचानमा आधारित हालकाे नेपालकाे राष्ट्रिय झण्डा जस्ले सबै जातजाति, वर्ग र समुदायकाे प्रतिनित्व नगरेकाे हुनाले झण्डा जल्लाईनु एउटा सबै समुदायलाई समेट्ने राष्ट्रिय झण्डाकाे खाेजकाे प्रतिक्रिया हाे | हामि कुनैपनि जातजाति धर्म संस्कृतिकाे विराेधि हाईन तर हिन्दु धर्म संस्कृति बाेकेका त्याे प्रतिक चिन्हमा संस्कृत भाषामा लेखिएका जननी जन्मभूमि स्वर्गधपी गरीएसि पनि फेरिनु पर्छ भन्ने हाम्राे भनाई हाे, याे देश सबै जातिकाे साझा फूलबारि हाे सबैले आफ्नाे अधिकार पहिचान पाउनु पर्छ भन्ने बारे शेर्पाले कार्यक्रममा बताएका हुन । |

 

 

सबै भाषाको सम्मान हुनुपर्छ राज्य समावेशि हुनु पर्छ भन्ने शन्देश हाे तर साशकलाई लखेट्नु पर्छ भन्ने हाेइन हाल नेपालकाे झन्डाले कुनै पनि नश्ल र जातिका मात्र प्रतिनिध्वत्व गर्ने बताउदै ईतिहासमा झण्डा पटक पटक जलेकाे छ याे एउटा सुरूवात मात्र हाे त्यसैले अबकाे दिनमा सबैलाई समेट्ने नेपालकाे राष्ट्रिय झण्डा राखिनु पर्छ भन्ने संन्देश प्रशिक्षक शेर्पाले बताएका हुन ।

 

 

राष्ट्रिय जनावर गाईले सबै धर्म र संस्कृतिलाई समेट्नु नसकेकाे हुनाले सबै धर्म र संस्कृति लाई मान्ने हुने राष्ट्रिय जनावरकाे विकल्प खाेज्नु पर्ने उहाॅकाे भनाई थियाे | त्यस्तै कार्यक्रममा बिबिध बिषयमा उपस्थित ब्यक्तित्वहरुले राखेका जिज्ञासाको पनि उनले जवाफ दिएका थिए । अनलाईन जुम एपस्काे मध्यद्वारा नेपालि समाज दक्षिण काेरियाका वर्तमान अध्यक्ष दर्पण गुरूङ लगायत संरक्षक, सल्लाहकार, कार्यसमिति र लिम्वुवान राष्ट्रिय प्रवास संगठन युगल किशाेर शेर्मा लगायत संरक्षक सल्लाहकार कार्यसमिति, साथै नेपालि समाज दक्षिण काेरियाकाे क्षेत्रिय अध्यक्ष हर्कफागु र नेपाली स. दक्षिण काेरियाका निवर्तमान अध्यक्ष महेन्द्र राई लगयात काेरिया भन्दा बाहिर देशबाट पनि अन्लाईन जुम एप्सद्वारा उपस्थित 34 जना भन्दा बढिकाे सहभागिता थियाे। अनलाईन कार्यक्रम किरात राष्ट्रिय सम्पर्क समिति दक्षिण काेरियाकाे मुख्य सचिव विसन राईले संचालन गरेका थिए ।

 

 

अध्यक्षता किरात राष्ट्रिय सम्पर्क समिति दक्षिण काेरियाका संयाेजक सन्ताेष थुलुङले गरेका हुन भने नेपाली समाज दक्षिण काेरिया सल्लाहकार तथा किरात राष्ट्रिय सम्पर्क समिति दक्षिण काेरियाका संरक्षक मधुकर राईले स्वागत मन्तब्य राखेका थिए ।

६६३ Total Views ३ Views Today

Comments