संखुवासभा संम्पर्क परिवार द. कोरियाद्वारा पहिरो पिडितलाई राहत हस्तान्तरण

Published: August 15, 2020 | 3:46 am | शनिबार, साउन ३१, २०७७ | ५०९ पटक पढिएको

संखुवासभा संम्पर्क परिवार दक्षिण कोरियाद्वारा संखुवासभा जिल्लाको सिलिचोङ गाँउपालिकामा हालै गएको बिनाशकारी पहिरोबाट बिस्थापितहरुलाई राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

संस्थाले दक्षिण कोरियामा रहेका नेपालिहरुमाझ “बिपदमा प्रवासी नेपालीहरुको ऐक्यबद्धता,सहकार्य र हातेमालो” अभियान सञ्चालन गरि संकलित रकम १,१२,३०० रुपयाँ आईतबार ‘सिसुवाखोला पहिरोपिडित राहत कोष’को एभरेष्ट बैंकमा रहेको खातामा जम्मा गरिएको संस्थाका अध्यक्ष श्याम कुमार श्रेष्ठले बताउनुभयो।

सहयोग हस्तान्तरण पश्चात राहात कोषका सदस्य एवं श्वाश्थकर्मी दिपेन्द्र कुलुङले टेलिफोन मार्फत संम्पुर्ण सहयोगिहरुलाई हृदयदेखि धन्यबाद दिँदै संस्था तथा सहयोगि सम्पुर्ण प्रवाशी नेपालीहरुको सहयोगले पिडितहरुमा आशाको संञ्चार भएको बताउनुभयो। बिभिन्न स्थानिय,सरकारी,गैर-सरकारी एवं ब्यक्तिहरुबाट सहयोग प्राप्त भैरहेकोले पिडितहरुलाई खान बस्न सहज भैरहेकोले कोषमा जम्मा भएको रकमलाई दिर्धकालिन पुनर्वासमा खर्च गर्ने योजना रहेको राईले बताहनुभयो।

 

 

हालसम्म कोषमा २६ लाख भन्दा बढी रकम जम्मा भएको र सहयोग रकम प्राप्त हुने क्रम जारि रहेकोले सबै सहयोगिहरुलाई नगद जिन्सी वा जुनसुकै प्रकारको सहयोग गरि विपतको समयमा सहकार्य गरिदिन अनुरोध समेत गर्नुभयो।

 

 

असार २७ गते गएको बिनाशकारि पहिरोमा परी बेशिन्दा गाँऊका १२ जनाको निधन हुनुको साथै ८ घर पुर्णरुपमा बगेको र बाँकी पुरै बस्ती पहिरोको जोखिममा रहेको छ। हाल १०० घरधुरी का बासिन्दालाई चित्रे, बुधबारे आदी स्थानमा अस्थाई रुपमा राखिएको साथै २८ घरधुरी आफ्नै जमिनमा पाल तथा टहरा बनाई बसोबास गरिरहेका छन्।

५१० Total Views ६ Views Today

Comments