प्राईम भिजन इन्स्टिच्यूट अफ होटल म्यानेजमेन्टले मनायो वार्षिकोत्सव ‘स्टुडेन्ट अफ द ईयर भईन सजिना मालाकार’
शरुपा थापा मगर, धरान–
मंगलबार प्राईम भिजन इन्स्टिच्यूट अफ होटल म्यानेजमेन्टले धरान १० स्थित आफ्नै भवनमा दोस्रो वार्षिकोत्सव मनाएको छ । इन्स्टिच्यूटले आफ्ना सेयर सदस्य, शिक्षक–शिक्षिका र विद्यार्थीहरुका बीच केक काटि वार्षिकोत्सव मनाएको हो । इन्सिटच्यूटले बार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलार्इै पुरस्कृत पनि गरको थियो ।
पुरस्कृत हुने विद्यार्थीहरुमा बेस्ट पर्सनालिटि अवार्ड मिस सोनु मगर, बेष्ट डिसिप्लिन अजय घिमिरे, मोस्ट इनरजेटिक आयुव खनाल, बेस्ट कन्सिस्टेन्ट पेम डिकि लामा, मोस्ट पङचुयल आषिस मगर, मोस्ट डेलिगेट एन्जी शेर्पा, बेस्ट डिमान्डिङ स्टुडेण्ट सरल मालाकार, मोस्ट इन्थुजियास्टीक रोनेस श्रेष्ठ, बेस्ट चियरफुल निकिता श्रेष्ठ, बेस्ट इनिसियटर प्रेरणा राई साथै बर्षकै उत्कृष्ट स्टुडेन्ट अफ द ईयरको अवार्ड भने छात्रा सजिना मालाकारले प्राप्त गर्न सफल भईन् ।
उक्त अवसरमा शिक्षकहरुलाई पनि दुई विधामा सम्मानित गरिएका थियो सम्मानित हुने शिक्षकहरुमा अभिषेक श्रेष्ठ होटल म्यानेजमेन्ट फेकल्टी अन्तर्गत बेष्ट टिचर अवा्र्डले सम्मानित हुनु भयो भने म्यानेजमेन्ट फेकल्टी बाट मिस रोजि श्रेष्ठ सम्मानित हुनुभएको थियो । सोहि अवसरमा इन्स्टिच्यूटले मनिषा थपलियालाई बेष्ट इम्पोल्ई अवार्डले सम्मान गरेको थियो ।
कोभिड १९ को संक्रमणले विद्यार्थीहरुको शिक्षामा पारेको असरलाई मध्यनजर गर्दै इन्स्टिच्यूटले श्रावण १ गते देखिनै आफ्नो आधिकारिक फेसबुक पेज मार्फत अनलाईन क्लास संचालन गर्दै आएको होटल म्यानेजमेन्ट एवम् प्रभात स्कुलका प्रिन्सिपल सुमिर मास्केले जानकारी दिनुभयो ।