योग दिवसको अवसरमा धरानमा एक हप्ते योग दिवस सम्पन्न

Published: June 21, 2020 | 11:04 am | आइतवार, असार ७, २०७७ | ५४२ पटक पढिएको

जुन २१ छैठौं अन्तराष्ट्रिय योग दिवस विश्व भर विविध कार्यक्रम सहित मनाइदैछ, सोहि अवसरलाई लक्षित गर्दै पतन्जली योग समिति तथा महिला पतन्जली योग समिति धरानले पनि सप्ताह व्यापि रुपमा योग दिवस मनाएको छ असार १ गते देखी सुरु गरेको योग कक्षा असार ७ गते अर्थात जुन २१ तारिख सम्म विशेष कार्यक्रम सहित पतन्जली योग समितिको आफ्नै भवन धरान ३ मा सम्पन्न भएको हो ।

 

 

छैठौं अन्तराष्ट्रिय योग दिवसको समापन कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. १ का सावित्रि जोसीले पतन्जली योग समितिले स्वास्थय जिवन जिउने कला सिकाउन महत्व पूर्ण भूमिका निर्वाह गरेको बताउदै आफुले गर्न सक्कने सहयोग निरन्तर गरिरहने आवश्वसन दिनुभयो । त्यस्तै विशिष्ठ अतिथि धरान उप–महानगरपालिका प्रमुख तिलक राईले आजको अवस्थामा सकरात्मक सोचका लागी धराने युवाहरुलाई कसरी योग साधनामा सहभागी गराउन सकिन्न भन्ने कुरामा पनि ध्यान दिनु पर्ने देखिएको बताउनु भयो ।

 

धरान उपमहानगर पालिकाका उपप्रमुख मन्जु भण्डारी सुवेदी, स्वास्थ्य प्रमुख कविराज राम बाबु यादव, वडा नं. ९ का वडा अध्यक्ष रत्न कटुवाल, वडा नं. ३ का वडा सदस्य विकास बनेपाली, वडा नं. १० का प्रतिनिधि, पतन्जली योग समिति नेपालका केन्द्रिय सदस्य ललित संकर योगी, प्रदेश २ का महामन्त्रि बद्रि राज भण्डारी, प्रदेश १ का महामन्त्रि बिष्णु आचार्य, प्रदेश १ का सदस्य तुलसी श्रेष्ठ, सुनसरी महिला अध्यक्ष, सुसिला उदास, धरान महिला समिति सदस्य चन्द्रा हलवाई तथा योग शिक्षक र सादक सहित करिव ८० जनाको उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्षता, पतन्जली योग समिति धरानका अध्यक्ष सुमान मान स्थापितले गर्नुभएको थियो ।

 

 

धरान १० स्थित सिंह बाहिनी भगवती मन्दिर परिसर तथा धरान ३ स्थित पतन्जलीको आफ्नो भवन गरि २ स्थानमा एक हप्त सञ्चालन भएको योग कक्षा सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ तथा धरान उप–महानगरपालिकाको सहयोगमा सम्पन्न भएको हो ।

५४३ Total Views ३ Views Today

Comments