धरान सभागृह परिसरमा निर्माण हुने नाटक घरको शिलान्यास

Published: June 19, 2020 | 2:42 pm | शुक्रबार, असार ५, २०७७ | ५२१ पटक पढिएको

 

भिजन नेपाल संवाददाता , धरान :

धरान–८ स्थित सभागृह परिसरमा निर्माण हुन लागेको नाटक घरको शिलान्यास गरिएको छ । संघीय सांसद् जयकुमार राईले नाटक घरको शिलान्यास गर्नुभयो । उहाँले नाटक घर निर्माणको बजेटका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

 

 

नाटक घरका लागि यस वर्ष सांसद् विकास कोषबाट उहाँले ४० लाख रुपैयाँ बजेट विनियोजन गर्नु भएको थियो । परम्परागत शैलीमा निर्माण हुने नाटक घर २ कठ्ठा क्षेत्रफलमा बन्न लागेको छ । २ तले बन्ने नाटक घरको भित्री भाग भने आधुनिक बन्ने भएको छ । नाटक घर निर्माणका लागि अग्रज कलाकार प्रेम सुब्बाको संयोजकत्वमा नाटक घर निर्माण उपभोक्ता समिति गठन भएको छ ।

 

 

समितिका संयोजक सुब्बाले नाटक घर शिलान्यासका लागि धराने रंगकर्मीहरुले व्यग्र प्रतीक्षा गरेको बताउनुभयो । नाटक घर बन्नु अघि धरान–८ बासीसँग धरान उपमहानगरपालिकाले ५ बुँदे सहमति समेत गरेको छ । दुई वर्षभित्रमा सम्पन्न गर्न लागिएको नाटक घरका लागि करिब ५ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

 

५२२ Total Views ३ Views Today

Comments