कोरोनाको कारण द. कोरियामा लटस लाल्टिन फेस्टिबल रद्द
हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा जोगेजोङले आयोजन गर्ने लोटस लेन्टिन फेस्टिबल कोभिट- 19 अर्थात कोरोना भाइरसको जोखिमको कारण रद्द गरिएको नेपाल बौद्ध परिवार द कोरियालाई पत्रमार्फत जानकारी गरेको थियो।
विश्वको विभिन्न देशका बुध्द धर्मावलम्बी र कोरियन नागरिक गरी हजारौको सङ्ख्यामा उपस्थित भइ भव्य रूपमा मनाउने यस कार्यक्रम यो वर्ष मे 23 तारिख शनिबार गर्ने तयारी भइ सक्दा पछिल्लो समयमा इथोवनको एक क्लबबाट कोरोना भाईरस फैलिएको कारण र्यालीबाट पनि बढ्न सक्ने भएकोले कार्यक्रम रद्द गरिएको हो।
यसै कार्यक्रमलाई लक्षित गरि नेपाल बौद्ध परिवारको संयोजकत्वमा कोरियामा रहेका विभिन्न संघ संस्था र नेपालीहरूको सहयोगमा जम्मा 82 लाख वनको लागतमा माया देवी मन्दिरको निर्माण पनि गरिसकेको थियो। मन्दिर निर्माणको लागि सहयोग गर्नु हुने संघसंस्था र नेपाली दाजुभाइ दिदीबहिनीहरूमा नेपाल बौद्ध परिवार आभार व्यक्त गरेको छ।