दुई नेपाली युवा युवती वीचको ‘सम्बन्ध’ सार्वजनिक

Published: May 21, 2020 | 10:41 am | बिहिबार, जेष्ठ ८, २०७७ | ९ ४१ पटक पढिएको

 

कोरियामा रहेका दुई नेपाली युवा युवती वीचको ‘सम्बन्ध’ सार्वजनिक भएको छ । Youtube Viewers हरुलाई नयाँ स्वाद दिने उद्देश्यका साथ मेरोप्रतिभा अनलाईन टिभीको युट्युब सेरिज को रुपमा ‘सम्बन्ध’ (Sambandha) सार्बजनिक भएको हो ।

 

सम्बन्धको सुरुवाती भिडियोमा अञ्जान युवायुवती वीच हुने सुरुवाती सम्बन्धलाई मुक्तक दोहोरी मार्फत कलात्मक शैलीमा प्रस्तुत गर्न खोजिएको छ ।
दक्षिण कोरियावाट सञ्चालित मेरोप्रतिभा अनलाईन टिभी मार्फत सार्वजनिक भएको ‘सम्बन्ध’ लाई सोनामा दोङ्बा ह््योल्मोले बनाएका हुन् । त्यसैगरी एईडेन छन्त्यालले लेखन तथा निर्देशन गरेका हुन् ।

 

‘सम्बन्ध’ को टाईटल गीतमा भोकल तथा म्युजिक सुरज लामाको रहेको छ ।
साथै Intro भ्वाईसमा प्रकृती श्रेष्ठ, लोगो भ्वाईसमा जेन्नी छन्त्यालले आवाज भरेका छन् ।
‘सम्बन्ध’ को पहिलो संस्करणमा मुक्तक दोहोरीमार्फत सुरुवात भएको यो युट्युब सेरिजलाई आगामी संस्करणवाट ड्रमाटिक रुपमा प्रस्तुत गरिने बताईएको छ ।

 

साथै यो पहिलो संस्करण बनाउनको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्नुभएका सम्पूर्णमा निर्मता पक्षले धन्यवाद दिएका छन् ।
‘सम्बन्ध’ को भिडियो यहाँ हेर्नुहोला ।

९ ४२ Total Views ९ Views Today

Comments