अन्धकार रातमा चम्केको तारा” सार्बजनिक, उत्कृष्ट भिडियो वनेको दावी

Published: May 2, 2020 | 3:35 pm | शनिबार, बैशाख २०, २०७७ | ८४५ पटक पढिएको

सुमित्रा आश्रुद्धारा, काठमाण्डौ-

“अन्धकार रातमा चम्केको तारा” बोलको गितको म्युजिक भिडियो कोरियामा रहदा निर्देशन गरिएको भिडियो नेपाल फर्केका उनले भर्खरै सार्वजनिक गरेका हुन । कोरिया कै उत्कृष्ट तथा पर्यटकिय स्थलहरुमा सुटिङ गरेका उक्त गित कोरोना जस्तो विश्व महामारीको बेलामा सार्बजनिक गर्न परेर भने जस्तो चर्चा पाउन नसके पनि उत्कृष्ट म्युजिक भिडियो वनेको दावी गर्छन उनि लगायत सम्पुर्ण टिम ।

 

 

कोरियाको एक मात्र स्थापित र चर्चित निर्देशक हुन हाङ चेम्जोङ। आफ्नो कोरिया बस्ने दिन छोटिदै गर्दा उनले कोरिया कै अत्यन्त सुन्दरनगरी टापु जेजुदोलाई पनि आफ्नो निर्देशनमा अटाए र नेपाल आएर उक्त भिडियोलाई सार्बजनिक गरे । कोरियाको राजधानी सौलबाट बाह्र सय किलोमीटर टाढा रहेको पर्यटकीय स्थल जेजुदोमा यो गित भन्दा अरु गितको भिडियोहरुमा उनले सुटिङ गरेका थिएनन् । त्यसैले यो गित नै पहिलो गित हो जेजुदोमा सुटिङ गराएका। जेजुदो अन्तर्राष्ट्रिय बिमानस्थल वरिपरि तथा सानो सानो आइस्ल्याण्ड र ठुलो ठुलो मनमोहक हरियो चौरीहरुमा अनि समुन्द्री किनाराहरुमा सुटिङ सम्पन्न गराएका थिए।

 

 

कोरिया को राजधानी सौलबाट बाह्र सय किलोमीटर टाढा रहेको उक्त टापुमा सुटिङ सम्पन्न भैरहदा उनी मख्ख थिए , उनले 2 दिन लगाएर सुटिङ गरेका थिए।

चर्चित गायिका मेलिना राई तथा नेपाल आइडलबाट चर्चित बनेका गायक प्रताप दासको आवाजमा रहेको उक्त गीतमा  अरुना लावती र मनिजङ्ग राइको कास्ट रहेको छ। गितकार माङ्मु लोकधनले लेखेका उक्त शब्दमा संगीतकार एरेञ्जर दिपक राज बिस्वकर्म ,क्यामेरा ड्रोन पाइलट तथा सम्पादन बिपि याम्फु , प्रड्युसर बिमन लिम्बू योङहाङ रहेका छ्न । अलिक ढिला गरि बजारमा आएको उक्त भिडियो सबैले रुचाएको पनि बताउछन निर्देशक ।

८४६ Total Views ६ Views Today

Comments