नेपाली समाज दक्षिण कोरियाको अनलाईन प्रशिक्षण सम्पन्न

Published: April 24, 2020 | 4:16 pm | शुक्रबार, बैशाख १२, २०७७ | ८६९ पटक पढिएको

 

समाजवादी पार्टी प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाको अनलाईन प्रशिक्षण कार्यक्रम अप्रिल १९ तारीख सम्पन्न भएको छ । जुम एप (ZOOM APP)मार्फत पार्टी उपमहासचिव डम्बर खतिवडाले प्रशिक्षण दिएका थिए ।

खतिवडाले प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, पुर्ण समानुपातिक संसद, पहिचान सहितको संघीयता(१०+१), सुशासन, राज्यको सबै निकायहरूमा पुर्ण समावेशीकरण र आर्थिक समृद्धि समाजवादी पार्टीको प्रमुख एजेन्डा भएको बताएका थिए ।

 

 

प्रशिक्षक खतिवडाले अबको २ बर्ष सम्पूर्ण पार्टी कमिटी नेता कार्यकर्ताहरू संगठन बिस्तारमा सकृय भएर लाग्न जोड दिनुभएको थियो । प्रशिक्षणको क्रममा यतिबेला विश्व नै कोभिड -१९ को कारण आक्रान्त भएको अवस्थामा नेपालमा पनि सम्पूर्ण क्षेत्रबाट सचेतता अपनाउदै सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता रहेको बताए । एक फरक प्रसङ्गमा वर्तमान सरकार भ्रष्टाचारमा लिप्त हुनुको साथै काण्डै-काण्डले बिस्तारै जनविश्वास गुमाउदै गएकोले प्रधानमन्त्री केपि ओलीबाट लोकतन्त्र नै खतरामा पर्न सक्ने आशंका व्यक्त गर्दै लोकतन्त्र जोगाउन सचेत हुनुपर्ने बताए ।

 

 

 

प्रशिक्षणमा संघीय परिषद सदस्य तथा प्रवास प्रदेश समिती उपाध्यक्ष मिलन किरातीले प्रवास प्रदेश समितिको वर्तमान गतिविधिबारे जानकारी गराएका थिए । प्रशिक्षणमा नेपाली समाज कोरियाका सल्लाहकार मधुकर राई सहित सम्पूर्ण पदाधिकारी केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो।

 

 

प्रशिक्षणको अन्त्यमा नेपाली समाज कोरियाका अध्यक्ष दर्पण गुरुङले धन्यवाद मन्तव्य सहित अनलाईन प्रशिक्षण कार्यक्रम समापन गरेका थिए भने प्रशिक्षक उपमहासचिव खतिवडा र नेपाली समाज दक्षिण कोरियाका सबै केन्द्रीय कमिटी, पदाधिकारीहरूलाई जोड्ने काम समाजवादी पार्टी संघीय परिषद सदस्य, प्रवास विशेष समिति सदस्य तथा नेपाली समाज दक्षिण कोरियाका सह-अध्यक्ष जीवन ससांकरले गरेका थिए ।

यो खबर तयार हुँदै गर्दा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, नेपालबिच एकता भई जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भई सकेको छ ।

८७० Total Views ३ Views Today

Comments