इरानको एक मेयरमा कोरोना भाइरसको संक्रमण
Published: February 23, 2020 | 1:11 pm | आइतवार, फाल्गुन ११, २०७६ | १६०७ पटक पढिएको
तेहरान : इरानको तेहरानस्थित एक मेयरमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
स्थानीय टेलिभिजनले शनिबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । तेहरानको १३ नम्बर जिल्लाका मेयर मोर्तेजा रहमान्जदेहमा कोरोना भाइरस भेटिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
इरानमा कोरोना भाइरसका १० जना बिरामी देखिएकामध्ये एकजनाको मृत्यु भइसकेको छ । यहाँका स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपुरले जम्मा १० जनामा कोरोना भाइरस भेटिएको अन्नपुर्णपोस्टमा खबर छ ।
यससँगै कुवेतको राष्ट्रिय ध्वजावाहक कुवेत एयरवेजले हालै इरानमा उडान बन्द गरेको छ । चीनको वुहानबाट सुरु कोरोना भाइरस संसारका विभिन्न मुलुकमा महामारीकै रुपमा फैलिएको छ ।
१६०८ Total Views ३ Views Today