उदयपुर सेवा समाज दक्षिण कोरियाको साधारण सभा सम्पन्न

Published: February 14, 2020 | 1:37 am | शुक्रबार, फाल्गुन २, २०७६ | ७७० पटक पढिएको

 

 

अबिरल आलोक ,दक्षिण कोरिया –

गत आईतबार २०२० फेब्रुअरी ९ तारिकका दिन उदयपुर सेवा समाज दक्षिण कोरियाले आफ्नो साधारण सभा सम्पन्न गरेको छ। कोरियाको आन्सान सहर स्थित होटल सोल्टिमा आयोजित सभामा संस्थाका अध्यक्ष मधुकर M.K राईको अध्यक्षतामा सम्पन्न गरेको छ। साधारण सभाको प्रमुख अतिथिको रुपमा सोहि संस्थाका संरक्षक श्याम खड्का र NRNA कोरियाको सचिब तथा कोरिया स्थित नेपाल सरकार भिजिट नेपाल २०२० का कार्यालय सचिव मनोज गौतमको उपस्थित रहेको थियो।

 

 

 

सभामा संस्थाका अहिले सम्मका बिभिन्न सामाजिक गतिबिधिहरुमा कोरियामा रही उदयपुरेहरुले गरेकोे योगदानको समिक्षा र भाबी योजन, आर्थिक गतिबिधिहरुको प्रस्तुतीका साथै कार्यसमितिको हेरफेर सम्बन्धमा महासचिब बिबिन्द्र राईले जानकारी दिनुभएकोे थियो। कोरियामा रहेका उदयपुरेहरुको मुल घरको रुपमा यस संस्थालाई बिकास गर्नुका साथै यसै सस्थाको माध्यमबाटै नेपालबाट बिभिभिन्न उद्देस्यमा कोरियामा रहेका नेपालीहरुको समस्यासमाधान गर्नुका साथै देश बिकशको लागि कोरियाको आधुनिक कृषि औजार, कृषि सामाग्री बिउ बिउजन तथा औधोगिक लगानी भित्र्याउनु अहिलेको आवस्यक्ता रहेको भन्ने बिषयमा उपस्थित सम्पुर्ण सद्स्य तथा पदाधिकारीहरुले जोड दिएका थिए।

 

 

संस्थालाई सुदृढीकरण गर्नुपर्ने तथा संस्थालाई चलाएमान बनाउनको लागि बिभिन्न सामाजिक कृयाकलाप हरुमा अनिबार्य सहभागी भई बिभिन्न समजिक कार्य गर्न लागी पर्नु पर्ने निर्णय गरियको थियो । पुनर्गठित कार्यसमितिमा अध्यक्ष मधुकर M .K राई, उपाध्यक्षमा NRNA कोरिया तथा कोरिया स्थित नेपाल सरकार भिजिट नेपाल २०२० का कार्यालय सचिव मनोज गौतम लगात थप २ जना र महासचिवमा बिबिन्द्र राई, सचिव २ जना, १ कोषाध्यक्ष १ सह-कोषाध्यक्ष तथा कार्यसमिति सदस्यहरु थप गरिएको पनि जानकारी दिए।

 

 

यसै अवसरमा संस्थाका स्ंस्थापक तथा निबर्तमान उपाध्यक्ष बिध्यानन्द चौधरि तथा सदस्य सन्तोष बुढाथोकि लाई बिदाइ समेत गरिएको थियो।दुबैजना आफ्नो कोरिया बसाईको ४ बर्ष १० महिना पुरा गरि केहि यही महिना भित्रै आफ्नो मातृभुमि फर्किन लाग्नु भएकोेमा संस्थाको तर्फबाट बिदाइ गरिएको हो। बिभिन्न बिषयहरुको समिक्षा गर्दै संस्था ले आयोजना गरेको “उदयपुर म्युजिकल कन्सर्ट २०१९” बाट संकलित रकम मध्य केहि प्रतिसत पुर्बघोशित योजना अन्तर्गत लक्षित बर्ग , क्षेत्रमा हस्तान्तरणको लागि संस्थाका संस्थापक बरिष्ठ सल्लाहकार महेन्द्र राई ज्यु संयोजक रहनेगरि संस्थाले कोष पनि निकासा समेत गरेको छ। उदयपुरेको बहुसंख्यक उपस्थितिमा भब्यताका साथ साधारण सभा सम्पन्न भएकोमा गर्व गदैँ उदयपुर सेवा समाज थप मजबुत भएर समाजीक सेवामा लाग्ने कुरामा अझ उर्जा मिलेको संस्थाका अध्यक्ष मधुकर राईले बताउनुभयो।

 

 

१.मधुकर राई : अध्यक्ष

२. मनोज गौतम : उपाध्यक्ष

३,चित्रबहादुर बस्नेत उपाध्यक्ष

४.बिबिन्द्र राई महासचिव

५. गगन राई सचिब

६. संजय लामा सचिब

७. कमान सिंग राई कोषाध्यक्ष

८ .सिर्जना खड्का सह-कोषाध्यक्ष

९. गोपी कृष्ण राई सदस्य

१०. मन कुमार राई ,,

११. बिजय राई ,,

१२, विनोद मगर ”

१३.दिनेश कट्टुवाल ,,

१४. प्रेम मगर ,,,

१५. खगेन्द्र दाहाल ,,

१६. सान्जिब कुमार राई सल्लाहकार

१७. संग्रक्ष्क खगेन्द्र खत्री

१८.  श्याम खड्का

७७१ Total Views ९ Views Today

Comments