श्री सुच्चा राई कल्याणकारी समाजद्वारा शनिबार रक्तदान कार्यक्रम गरिदै

Published: February 6, 2020 | 1:54 am | बिहिबार, माघ २३, २०७६ | ८०३ पटक पढिएको

 

श्री सुच्चा राई कल्याणकारी समाज धरान सुनसरीले यहि मिति २०७६ माघ २५ गते शनिबारकको दिन लोकतान्त्रिक चौतारी भानुचोकमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाको १९ औ बार्षिकोत्सको अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्थाले जनाएको छ । भोली शनिबार हुने रक्तदान कार्यक्रम बिहान ८:३० बजेदेखी ११ बजेसम्म सम्म संचालन रहनेछ ।

 

 

“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नाराको साथ् सम्पन्न हुन गईरहेको संस्थाको १९ औं बार्षिकोत्सवको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष श्री बिनोद सुच्चा राईले बताउनु भयो ।

 

 

 

रक्तदान नै जीवनदान भन्ने मूल नाराको साथ् हरेकबर्ष संस्थाको बार्षिकोत्सवको अवसर पारेर गरिदै आएको रक्तदान कार्यक्रममा उल्लेख्य रुपमा रगत संकलन गर्दै संस्थाले धरान बिपी क्याम्प, रेडक्रस धरानलाई उपलब्ध गराउदै आएको छ । यसरी रगतदान गर्नु भनेको जीवनदान सरह हो भन्ने हेतुले गरिदै आएको कार्यक्रममा सम्पूर्ण धरानवासी दाजु भाई तथा दिदि बहिनीहरुलाई उपस्थित भई रक्तदान जस्तो महत्वपुर्ण कार्यमा सहभागी भईदिनुहुन संस्थाले हार्दिक अनुरोध गरेको छ ।

८०४ Total Views ३ Views Today

Comments