सलनालको २६ तारिक समाजवादी पार्टी नेपाल द. कोरियाले बिबिध कार्यक्रम सम्पन्न गर्‍यो

Published: January 29, 2020 | 11:20 am | बुधबार, माघ १५, २०७६ | १९ ४३ पटक पढिएको

 

गएको सलनालको अन्तिम दिन २६ तारिख समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाली समाज दक्षिण कोरियाले रेस्टोरेन्ट दर्शन नमस्ते दोङदेमुनको सभाहलमा बिबिध कार्यक्रमहरू सम्पन्न गर्यो ।

धरान उप-महानगरपालिकाको पुर्ब मेयर ध्यान राईको निधन काठमाडौ पाटन हस्पिटलमा भएको थियो । पुर्ब मेयर तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य स्वर्गीय ध्यानबहादुर राईको स्मरणमा पहिलोचरणको श्रद्धांजली सभा सम्पन्न गरिएको थियो ।

 

 

विकासवादी नेता स्वर्गीय राईले नेपाली राजनितिलाई दिनुभएको अतुलनीय योगदान र पछिल्लो उहाँको जीवनयात्राहरूको पाटोलाई उद्धृत गर्दै हामीले कहिल्यै भुल्न नहुने कवि तथा राजनितिज्ञ मिलनकान्छा राईले बताउनु भयो ।  कवि मिलनकान्छा नेपाली साहित्यमा पहिचानको आवाजलाई केन्द्रमा राखेर लेख्ने गर्नु हुन्छ ।

 

सोही दिनको मध्याह्नमा पार्टी केन्द्रले विश्वव्यापीरूपमा सन्चालनमा ल्याएको संगठन बिस्तार तथा सुदृढीकरण (विसु) अभियान अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो । कोरियाका बिभिन्न शहरहरूमा कार्यरत नेपालीहरूमाझ पार्टी सँग बिचार मिल्ने जुझारू युवाहरूलाई संगठित गर्न थप क्षेत्रीय संगठनहरू निर्माण गर्नु पर्ने धारणा संगठनका संरक्षक, सल्लाहाकारज्यूहरूले राख्नु भयो । मन्तव्यको क्रममा सल्लाहाकार टिका सोनाहाङले अहिले चर्चामा रहेको ‘एमसिसि’ नेपाल राष्ट्रको सार्वभौम, स्वाधीनता माथि घात हो भन्दै घोर बिरोध पनि ब्यक्त गर्नुभएको थियो । संगठनमा आवद्ध सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आपसी सम्पर्कमा रहिरहन आग्रह समेत अध्यक्ष दर्पण गुरूङले गर्नु भयो ।

 

 

दुवै कार्यक्रम उप-महासचिव नुवेन्द्र थाम्सुहाङ र महासचिव यज्ञमुर्ती पोखरेलले आलोपालो सन्चालन गर्नु भएको थियो । त्यसैगरी, सोही कार्यक्रमको अवसर पारेर पोर्चुगलका संगठन सल्लाहाकार कान्छा शेर्पाज्यूलाई स्वागत पनि गरियो ।

 

 

अन्तमा पहिचानको मुद्दालाई आख्यान र कवितामार्फत् सशक्तरूपमा लेख्दै आउनु भएका तीन स्रष्टा राजन मुकारूङ, स्वप्निल स्मृति र बिना थिङलाई नेपाली समाज दक्षिण कोरियाको तर्फबाट सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मान गरियो । स्रष्टाहरूको समयभावको कारण यायोक्खा कोरियाले आयोजना गरेको हलमा उक्त सम्मान कार्यक्रम गर्नुपर्ने बाध्यात्मक स्थिति बनेको थियो ।

१९ ४४ Total Views ३ Views Today

Comments