राष्ट्रीय गानका रचनाकार ब्याकुल माईला साथै मदन पुरस्कार विजेता राजन मुकारुङ कोरियामा सम्मानित

Published: January 27, 2020 | 12:51 pm | सोमवार, माघ १३, २०७६ | ९ ८० पटक पढिएको

 

भिजन नेपाल टिभी, संवाददाता ,सोल-

किरात राई यायोक्खा दक्षिण कोरियाले २०२० जनवरी 26 तारिखको दिन कोरियाको सउल-थोंदेमुन स्थित निक ट्राभलको सभाहलमा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

 

 

उक्त सम्मान कार्यक्रमद्वारा संघिय लोकतांत्रिक गणतन्त्र नेपालका राष्ट्रीय गानका रचनाकार श्री प्रदिप कुमार राई ( ब्याकुल माईला), साहित्यिक “सिर्जनशिल अराजकता” का एक अभियान्ता, मदन पुरस्कार विजेता साहित्यकार श्री राजन मुकारुंगलाई किरात राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष श्री पदम दुमि राई,संस्थापक तथा संरक्षक श्री सेसाहांग राई र ध्यान ब. राई,बरिष्ठ सल्लाहकार श्री अमृत राईद्वारा संयुक्त रुपमा ताम्रपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो |

 

 

लेखक तथा कवि श्री स्वापनील स्मृति , बिना थिंग तामांग र गायिका बविना किरातीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उक्त सम्मान कार्यक्रमको सभाध्यक्ष गर्नुभएका किरात राई यायोक्खाका अध्यक्ष पदम दुमी राईले नेपालका प्रभुत्व ब्याक्तित्वहरुलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्दै राष्ट्रको निम्ति अतुलनीय योगदानको उच्च प्रसंशा गर्दै उहाँहरुलाई धन्यवाद दिनुभयो।

 

उक्त कार्यक्रममा बोल्दै ब्याकुल माइलाले – किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रीय कार्यसमितिद्वारा सम्मानित हुन पाएकोमा खुसी ब्यक्त गर्दै कर्मशील प्रवासी किरातीहरूलाई हृदयदेखी आभार व्यक्त गर्नुभयो । त्यस्तै साहित्यकार मुकारुङले – समाजिक तथा संस्कृतिक परिवर्तनको लागि आफुले सधैं कलम चलाई रहने बताउनु भयो ।

९ ८१ Total Views ६ Views Today

Comments