तमु-धी बुसान शाखाको तमु सेल्टर उद्दघाटन , सलनालमा हुने डान्स पार्टीको पोस्टर सार्बजानिक 

Published: January 15, 2020 | 2:26 pm | बुधबार, माघ १, २०७६ | ६११ पटक पढिएको

 

दक्षिण कोरियाको दक्षिण भेग किम्हे स्थित लुम्बिनी हलमा पहिलोबर्ष जस्तै यो बर्षपनी आयोजक तमू धी ख्यड़साड़नाम्दो बुसान शाखा र सह आयोजक तमु समाज खजेदोले ल्हुता प्रेतामा आधारित गुरूड.(तमु ) जातिको मौलिक चाड पर्व, भाषा, भेष भुषा, संस्कार संस्कृती, परम्परालाई बचाई राख्ने ,प्रबर्दन गर्ने, मह्त्वपुर्ण उधेश्य सहित फो ल्हो (मृग बर्ग ) लाई बिदाई गर्दै च्यू ल्हो (मुसा वर्ग ) लाई स्वागत गरी शुभकामना आदान-प्रदानसंगै तमु आवास गृह उद्दघाटन, सहयोगी दाताहरुलाई सम्मान तथा दिवा भोज, विविध सांस्कृतीक कार्यक्रम गरी बृहत रुपमा तमू – गैरतमू नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको उपस्थितीमा सभ्य र भब्य रूपमा ल्होसार समापन भएको अध्यक्ष अनिस गुरूड.ले बताउनु  भयो ।

 

 

 

उत्त ल्होसार कार्यक्रममा तमू-धी दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष जित गुरूड़ प्रमुख अतिथीको रूपमा सौउलबाट आउनु भएको थियो, भने बिशिष्ट ब्यक्तित्व तथा बिशिष्ट अतिथीको रूपमा NRNA दक्षिण केरियाको बर्तमान अध्यक्ष यज्ञराज सुवेदी र नेपाली गित संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका लोक पारखीहरूको मन मुटुमा बस्न सफल गायिका इन्द्रा गुरूड़ हुनुहुन्थ्यो ।

 

 

औपचारीक र साॅंकृतीक गरी कार्यक्रमलाई दुइ भागमा बिभाजन गरिएको थियो, पहिलो चरणको औपचारीक कार्यक्रम सचिव गितासिहॅं गुरूड. ( बिक्रम ) ले सनचालन गरेका थिए भने साॅंस्कृतीक कार्यक्रम संस्थाका उपाध्यक्ष फिलिप गुरूड़ले सन्चालन गर्नु भएको थियो । तमु धी ख्यड़साड़नाम्दो बुसान शाखाको बरिष्ठ सल्लाहाकार गोपाल गुरूड. ज्युले स्वागत मन्तव्यसंगै सुरू भएको उत्त औपचारीक कार्यक्रममा संस्थाको सल्लाहाकार कर्न गुरूड़ ज्युले ल्होसारका बारेमा प्रष्ट पार्नु भएको थियो ।

 

 

 

 

संस्थाको सक्रिय सदस्य तथा प्रतिभाको खानी कलाकार आशा गुरूड़ र सुनिल गुरूड़को स्वागत डान्स संगै सुरू भएको साॅंस्कृतिक कार्यक्रममा अन्याड. नेपाली समाज उल्सानको बहु प्रतिभाशाली डान्सर रामु मगरले कमेडी डान्स प्रस्तुत गरी सबैलाइ हसाएका थिए ।  गायिका इन्द्रा गुरूड.को प्रस्तुतीमा उपस्थित सबैजना झुमेका थिए लगतै संस्थाको गायक द्दोय बुद्दी गुरूड. र हेमन्त गुरूड.ले उत्कृषट गायन प्रस्तुती दिदैं सम्पुर्ण दर्शकलाई नचाउन सफल भएको थियो । उपस्थित पाहुना महानुभाव लगायत सबैले सेलरोटी र नेपाली खानाको बिभिन्न परिकारको स्वाद संगै भरपुर रमाइलो गरेका थिए । अन्तमा संस्थाको वर्तमान अध्यक्ष अनिश गुरूड.ले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयेग गर्ने पदाधिकारी  पाहुना महानुभावहरूलाई बधाई दिदैं कार्यक्रम समापनको घोषणा गरेका थिए ।

 

 

 

साथै आपतकालिन राहात कोष तथा सेल्टर ब्यबस्थापनको लागि दक्षिण कोरियाको दोश्रो महान चाड सलनालको पहिलो दिन तमू धी ख्यड़साड़नाम्दो बुसान शाखा र तमू समाज खजेदोले संयुत्त रूपमा नेपालबाट आमान्त्रित अहिलेका चर्चित बेली डान्सर, नेपाली गीत संगीतको क्षेत्रमा चम्किलो ताराको रूपमा चिनिने दर्शक श्रोताको मन मुटुमा बस्न सफल चर्चित दोहीरी ब्याटल गायिका प्रिती आलेको साथमा किम्हे स्थित लुम्बिनी लाइभ बारमा डान्सको धमाका, डान्स पार्टी हुने र डान्स पार्टीको लागी सम्पुर्ण तयारी सकिएको अध्यक्ष अनिस गुरूड़ले जानकारी गराउनु भयो ।

 

 


अध्यक्ष अनिश गुरूड़ ज्युले किम्हे
बुसान, खजेदो, याड़सान, उल्सान, अन्याड़, थेगु
छंड़ग्वान, ख्यड़गजु वरपरको सम्पुर्ण संघसंस्थाको पद-पदाधिकारी तथा नेपाली दाजुभाई दिबहिनीहरूलाई डिजे अभी (AVI gurung)गुरूड़ प्रिती आलेको साथमा नाच्न,नचाउन, कोरियाको कामको दुख,कष्ट, थकान मेट्न भरपुर रमाइलो गर्न लुम्बिनी लाइभ बारमा उपस्थिती लागी हार्दिक अनुरोध गर्नु भएको छ । साथै बेष्ट डान्स गर्ने एक जना केटा र एक जना केटीको लागी बिशेस पुरष्कारको बेयबस्था गरिएको पनी जानाकारी दिनु भयो ।

६१२ Total Views २४ Views Today

Comments