पाँचथर सांगितीक सौगात भाग-१’ को आयव्यय सार्वजनिक,करीब पन्ध्र लाख रुपियाँ मुनाफा

Published: January 7, 2020 | 2:47 pm | मङ्लबार, पुस २२, २०७६ | ५१८ पटक पढिएको

 

भिजन नेपाल टिभी, संवाददाता कोरिया –
गत सेप्टेम्बर 13 मा पाँचथर सेवा समाज दक्षिण कोरियाले अपाङ्ग तथा असहाय बालबालिकाको सहयोगार्थ आयोजना गरिएको “पाँचथर सांगितीक सौगात भाग-१” कार्यक्रमको आर्थिक आयव्यय सार्वजनिक भएको छ।
जनवरी ५ तारिख दुङ्देमुन स्थित निक ट्राभल्सको सभाहलमा एक औपचारिक कार्यक्रम गरि सार्वजनिक गरिएको हो।

 

 

 

कार्यक्रमकाे कुल आम्दानी सात करोड नब्बे लाख अन्ठाउन्न हजार पाच सय बयालीस (७,९०,५८,५४२।-) वन भएको थियो भने जम्मा खर्च छ करोड सैतीस लाख छयासी हजार तीन सय पचास ( ६३७८६३५०।-) वन भएको थियो। मुनानाफा जम्मा एक करोड बाउन्न लाख बहत्तर हजार एक सय बयानब्बे वन (१५२७२१९२।- )छ जसमा आउनु बाकी उनानअसी लाख वन (७९,००,००० )-वन रहेको कोषाध्यक्ष सपना सेलिङले जानकारी दिए।

 

 

पाँचथरमा रहेका अपाङ्ग तथा असहाय बालबालिकाहरुलाई कार्यक्रमको उद्देश्य अनुरुप चाडै नै सहयोग गर्ने सचिव कमल खुदाङले जनाएका छन् । पाँचथर सेवा समाज दक्षिण कोरियाको पहिलो सांगीतिक कार्यक्रम भए पनि भव्य र सव्य रूपमा सफल हेको थियो । यसरी कार्यक्रम भब्य सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति अध्यक्ष राजेन्द्र चेम्जोङले संस्था र व्यक्तिगत तर्फबाट धन्यबाद ज्ञापन समेत गरेका छन् ।

५१९ Total Views ६ Views Today

Comments