कोरियामा अन्तराष्ट्रीय समाजवाद पुरस्कार जेजुदो कोरियाका शुभद्रा पालुङ्गवा लिम्बुले जितीन

Published: December 25, 2019 | 2:23 pm | बुधबार, पुस ९, २०७६ | ५४८ पटक पढिएको

 

भिजन नेपाल टिभी संवाददाता,
इन्टरनेसनल सोसोलिजम अवार्ड कार्यक्रम आईतबार राजधानी सउलमा , कोरिया फिडेरेसन अफ स्किल अर्गनाईजेसनका अध्यक्ष मुन सां जूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । जेजुदो प्रान्तको भाषा अनुवादककी रुपमा बिदेशी मजदुरहरुलाई सहयोग गर्दै आएकी शुभद्रा पालुङ्गवा लिम्बुले यो बर्षको अवार्ड जितेकी हुन् । बिजेता लिम्बुले बीस लाख कोरियन वन ,प्रमाणपत्र र अन्य गिफ्टहरु प्राप्त गरेकी हुन् । क्लब 40 इन्टरनेसनल साथै अनलाइन मिडियाको संयुक्त आयोजनामा राजधानी सौलस्थित डिसेम्बर २२ तारिख आयोजित अवार्ड कार्यक्रममा अन्य दुइ दर्जन व्यक्तित्वहरुलाई समेत अवार्डद्वारा सम्मान गरिएको थियो । यसरी सम्मान हुने सबै कोरियाका विभिन्न क्षेत्रबाट समाजलाई योगदान दिने व्यक्तिहरु रहेका छन् ।

 

अन्तर्राष्ट्रीय समाजवाद पुरस्कारका बिजेता लिम्बुले कार्यक्रममा उपस्थित भएर मतदान गरी बिजयी बनाउन भूमिका खेल्नुहुने सबैलाई धन्यवाद ब्यक्त गरेकी छन् । मेहनतलाई सक्तिमा बदल्ने, परिश्रमले उचाई छुने, इमान्दारीतामा कर्म भेट्ने र धैर्यताले जिताउछ भन्ने मनोभाव बोकेर निरन्तर समाजसेवीको रुपमा कार्यरत उनीले यो बर्षको (international socialism Award  ) ISA HERO -2019 को अवार्ड प्राप्त गरेपछि सम्पूर्ण नेपालीहरु माझ खुशी समेत साटेका छन् ।

 

 

 

अन्तर्राष्ट्रीय समाजवाद पुरस्कार (अवार्ड वितरण) समारोहमा कोरियन अतिथी मुन सां जूको प्रमुख आतिथ्य र किशोर ब्लोन नियोगको सभापतित्व रहेको थियो । कार्यक्रम युवा समाज सेवी तथा बुद्धिजीवीहरुको उपस्थितीमा सम्पन भएको हो । प्रमुख अतिथी मुन सां जू कोरियाको राष्ट्रपति मुन जे ईनका दाई रहेको कार्यक्रममा बताईएको थियो । प्रमुख अतिथी समेत रहेका मुनले नेपालमा लगानी भित्र्याउने बारे चासो व्यक्त गरेको र पर्यटन बर्ष २०२० सफल गराउन नेपाल सरकारलाई शुभकामना व्यक्त गरेका थिए ।

 

 

सो समारोहले विभिन्न बिधामा नेपालीहरु तेईस जना सहित छब्बीस जना कोरियन नागरिकलाई अवार्ड द्वारा सम्मानित गरेको हो । त्यसैगरी बिशेष अतिथीहरु:- छां दु अक, दिलिप धिताल, आदर्श मगर, श्री प्रसाद श्रेष्ठ, अमृत राई, युगल तेन्डुप शेर्पा, मधुशुधन ओझा, मिना थापा, ऋतु श्रेष्ठ, मनोज गौतम दर्पण गुरुं रहनु भएको थियो । कार्यक्रमको संचालन सोनाम लामा ह्योल्मोले गरेकी थीईन भने कार्यक्रम व्यवस्थापक प्रमुख राज कुमार स्याङतान रहेका थिए । साथै कार्यक्रम गर्ने क्रममा विभिन्न क्षेत्रबाट विभिन्न आलोचनाहरु आएता पनि कार्यक्रम सम्पन्न गर्न सबैले खेल्नुभएको भूमिकालाई आयोजकले मनन गरी धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा कार्यक्रमको क्रुटीहरु सुधार गर्ने प्रतिबद्धता आयोजकले ब्यक्त गरेका छन् ।

 

५४९ Total Views ६ Views Today

Comments