इन्टरनेसनल सोसोलिजम अवार्ड द्वारा उत्कृष्ट निर्देशकको रुपमा हाङ चेम्जोङ संमानित

Published: December 23, 2019 | 12:47 pm | सोमवार, पुस ७, २०७६ | ४३४ पटक पढिएको

 

 

भिजन नेपाल टीभी ,संवाददाता-

कोरियामा इन्टरनेसनल सोसोलिजम अवार्ड द्वारा उत्कृष्ट निर्देशकको रुपमा हाङ चेम्जोङ संमानित भएका छन । बिगत लामो समय देखी निर्देशनमा निरन्तर जुटिरहेका चेम्जोङले यसपालि भने आफ्नो कामको कदर भएको बताउछन । मेहनतलाई सक्तिमा बदल्ने, परिश्रमले उचाई छुने, इमान्दारीतामा कर्म भेट्ने र धैर्यताले जिताउछ भन्ने मानसिकता बोकेर लामो समय देखि कोरियामा म्युजिक भिडियो निर्देशन गरिरहेका पुर्बी नेपाल पाचथरमा जन्मिएर हाल कोरियालाई कर्म थलो बनाइरहेका मेहनती युवा निर्देशक हाङ चेम्जोङलाई कोरियामा उत्कृष्ट निर्देशनमा अवार्ड मिलेको हो ।

 

 

उनका तीन दर्जन भन्दा माथी म्युजिक भिडियोहरु बजारमा आइसकेको छन् भने नेपालका चर्चित गायक गायिकाहरुको स्वरबद्ध गीतमा उनले काम गरिसकेका छन। सम्मानित निर्देशक चेम्जोङ्गले राजेश पायल राई, अन्जु पन्त ,सिव परियार ,मेलिना राई लगायत सफल गायक गायिकाहरुको आवाजसंग आफ्नो निर्देशन कर्म मिसाई सकेका छन् ।

 

 

क्लब 40 इन्टरनेसनल साथै अनलाइन मिडियाको संयुक्त आयोजनामा कोरियाको राजधानी सौल स्थित डिसेम्बर २२ तारिख आईतबार शौलमा आयोजना भएको अन्तर्राष्ट्रीय समाजवाद पुरस्कार (अवार्ड वितरण) समारोहमा मुन सां जू को प्रमुख आतिथ्य र किशोर ब्लोन नियोगको सभापतित्व रहेको थियो । कार्यक्रम युवा समाज सेवी तथा बुद्धिजीवीहरुको उपस्थितीमा सम्पन भएको हो । प्रमुख अतिथी मुन सां जू कोरियाको राष्ट्रपति मुन जे ईनका दाई हुन । उनले नेपालमा लगानी भित्र्याउने बारे चासो व्यक्त गरेको र पर्यटन बर्ष २०२० सफल गराउन नेपाल सरकारलाई शुभकामना व्यक्त गरेका थिए ।

 

सो समारोहले विभिन्न बिधामा नेपालीहरु २३ जना र २६ जना कोरियन नागरिकलाई अवार्ड द्वारा सम्मानित गरेको हो ।
त्यसैगरी बिशेष अतिथीहरु:- छां दु अक, दिलिप धिताल, आदर्श मगर, श्री प्रसाद श्रेष्ठ, अमृत राई, युगल तेन्डुप शेर्पा, मधुशुधन ओझा, मिना थापा, ऋतु श्रेष्ठ, मनोज गौतम दर्पण गुरुं रहनु भएको थियो । कार्यक्रमको संचालन सोनाम लामा ह्योल्मोले गरेकी थीईन भने कार्यक्रम व्यवस्थापक प्रमुख राज कुमार स्याङतान रहेका थिए । त्यसैगरी कोरिया फिडेरेसन अफ स्किल अर्गनाईजेसनका अध्यक्ष मुन सां जूको बिशेष आतिथ्य रहेको थियो ।

४३५ Total Views ३ Views Today

Comments