कोरियाको मगर माघे संक्रान्तिको कार्यक्रम हल र कलाकार टुंगो लाग्यो

Published: December 19, 2019 | 3:11 pm | बिहिबार, पुस ३, २०७६ | १६३१ पटक पढिएको

सौल, रिकमान थापा मगर-
मगरहरुको महान चाड माघे(मगर)संक्रान्तिको अवसरमा नेपाल मगर संघ दक्षिण कोरियाको बर्षेनी गरिदै आएको मगर माघे संक्रान्ति बिशेष कार्यक्रको लागि कार्यक्रम हल र नेपाल बाट आमन्त्रित कलाकारको टुंगो लगाएको छ।

 

नयाँ प्रतिभालाई कोरियामा बोलाई प्रोत्साहन दिने निरन्तरता कायम गर्दै यसपालीको कार्यक्रममा सुमधर स्वरकी धनी चर्चित लोक दोहोरी गायिका सुमन थापा मगरलाइ आमन्त्रित कलाकारको रुपमा बोलाउने भएको छ।
लाहुरे साइलो, भेट भयो छुटम कसरी, रस रस, डाडैको लाकुरी, के को माया लाउनी लगायतका दर्जनौ गीत गाएकी गायिका सुमन संगै कोरियामा नेपाली समुदाय माझ चर्चित कलाकारहरु देबिन्द्र काउचा मगर, जितन भाइ श्रीस मगर, स्नीका थापा मगर, माया थापा मगर, एस बी राना मगर, बिकास थापा, बबिता पुन, थेगु शाखाका कलाकारहरु, किम्हे/बुसान शाखाका कलाकारहरु लगायतका कलाकारहरुको बिशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक एस बी राना मगरले जानकारी दिए ।

 

बिभिन्न मगर मौलिक हुर्रा,कौडा,सालैजो,झ्याउरे,टप्पा सहितको प्रस्तुति रहने कार्यक्रममा मगर मौलिक खाना परिकारहरु पनि ब्यबस्था गरिएको छ। प्रदेशी ब्यस्ततालाई ध्यानमा राखी २०२० जनवरी १२ तारिक आइतबार आयोजना गरिएको कार्यक्रम सौलको सबै भन्दा पुरानो र लामो मेट्रो लाइन १ नम्बरको छ्ङ्र्याङ्री स्टेसन गेट नम्बर ६ बाट २० मिटरमा रहेको रेस्टुरेन्टमा गरिने प्रमुख सल्लाहकार होबीर थापा मगरले जानकारी दिएका हुन ।

 

 

सो दिन उपस्थित भै मगर मौलिक चाडलाई भब्यताका साथ सफल पारिदिनु हुन कोरियामा रहनुहुने संघ संस्था, ब्यापारी,बिद्यार्थी, बुद्दिजिबी नेपालीहरुलाई अध्यक्ष सि पी मगरले हार्दिक अनुरोध गरेका छन्,।

१६३२ Total Views ३ Views Today

Comments