आईएसए अवार्ड समारोहमा मन्त्री बस्नेतको प्रमुख आतिथ्य हुने

Published: December 7, 2019 | 5:42 am | शनिबार, मंसिर २१, २०७६ | १२२६ पटक पढिएको

दक्षिण कोरिया/ शौल-

२०१९, डिसेम्बर २२ तारिख शौलमा आयोजना हुने अन्तर्राष्ट्रीय समाजवाद पुरस्कार (अवार्ड वितरण) समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्य रहने भएको छ ।

 

 

त्यसैगरी नेपाल दुतावास कार्यलय दक्षिण कोरियाका पुर्व राजदुत कमान सिंह लामा र कोरियाको कोरिया फिडेरेसन अफ स्किल अर्गनाईजेसनका अध्यक्ष मुन सां जू को बिशेष आतिथ्य रहने आयोजकले जनाएको हो ।

 

नोमिनेशनमा परेका केही साता पहिले सार्वजनिक भएको व्यक्तिहरुलाई उक्त समारोहमा अवार्ड वितरण गरिनेछ । अवार्ड नामवली मध्येबाट एक जनालाई ISA Hero -2019 छानिने भएको हो । छनौट प्रकृया भोटिं मार्फत गरिने आयोजकले बताएको छ । कोरियामा रहेको संघसंस्थाहरुको समन्वय रहेको कार्यक्रम अनलाईन मिडिया कोरिया र क्लब फोर्टी ईन्टरनेशनल काठमाडौले आयोजना गरेको हो ।

 

 

भोटिं प्रकृया र पत्रकार सम्मेलनको तयारी पुरा भएका छन । कोरियामा यस्तो कार्यक्रम पहिलो पटक भएकोले सबैमा उत्सुकता जागेको एक नेपालीले बताए । कोरिया र नेपालका विशेष व्यक्तिहरुको आतिथ्य रहने कार्यक्रममा नेपालीहरु उल्लेखनीय सहभागीता रहने अनुमान गरेको आयोजकले बताए ।

१२२७ Total Views ३ Views Today

Comments