कोरियामा हुने सामाजिक अवार्डको लागी सर्वोत्कृष्ठ भिडियो निर्देशकमा हांङ चेम्जोङ चुनिए

Published: November 30, 2019 | 7:53 am | शनिबार, मंसिर १४, २०७६ | ६०५ पटक पढिएको

 

सुमित्रा अश्रुधारा,काठमाडौ –

लामो समय देखि कोरियामा रहेर म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक हाङ चेम्जोङ अन्तर्राष्ट्रिय सामाजिक अवार्डमा म्युजिक भिडियो निर्देशनमा छनोट भएका छन। तीन दर्जन माथी म्युजिक भिडियोहरु कोरिया मै बसेर निर्देशन गरिसकेका निर्देशक चेम्जोङ आफ्नो कामको उच्च कदर गरेकोमा उत्साहित पनि छन |

 

थुप्रै चर्चित गितकार तथा गायक गायिकाहरुको गितहरुमा काम गरिसकेका र नेपाली गित -संगीतलाई न्याय गरिरहेका एक मात्रै प्रबासि निर्देशक भन्दा हाङ चेम्जोङलाई फरक नपर्ला कोरियामा । “लगभग कोरियाको बसाई छोटिदै गर्दा यी र यस्ता संमानहरुले आफ्नो मेहनतको कदर गरेको महशुस हुन्छ” मुसुक्क हास्दै उनी भन्छन । पछिल्लो समयमा उनको निर्देशनले सबैको मन जित्न सफल भएको छ ।

 

उक्त अवार्ड बहुबिधामा आधारित विषयमा समितीले नामावली सार्बजनिक गर्दै 2019 december 22 तारिखको दिन club 40 international and online media को संयुक्त आयोजनामा एक समारोह बिच प्रदान गर्ने घोषणा पनि गरेको छ । सामाजिक अभियन्ताहरुलाइ हौसला स्वारुप तथा कलाकार निर्देशकहरुलाइ कामको उच्च कदर गर्दै उक्त अवार्ड प्रदान गरिने कुरा पनि आयोजक समितिले बताएका छन ।

६०६ Total Views ३ Views Today

Comments