आउन प्यारी लाउँन Organic माया” भिडियो सार्वजनिक !

Published: November 16, 2019 | 9:48 am | शनिबार, कार्तिक ३०, २०७६ | १२४१ पटक पढिएको


सौल , कोरिया
माया पीरतिका धेरै गितमा आफ्नो मिठासपूर्ण स्वर दिएका स्वरका धनि भिम थापा मगर पछिल्लो समय “आउन प्यारी लाउँन Organic माया” भिडियो सार्वजनिक भएको छ।

 

 

“खाटी छ यो मनमा प्रेम मिसावट छैन, टिकाउ छ माया मेरो देखावटी हैन,” भन्ने शब्दले भरिएको भिडियो हामी माझ ल्याउन सफल गायक भिम थापा मगर भोजपुरमा जन्म लिई हाल वैदेशिक रोजगारका लागि दक्षिण कोरीयामा पसिना बगाउँदै गीत संगितमा रमाइरहेका छन्। भिमले आजका युवा पुस्तालाई कम्मर भाची-भाची नचाउने खालको गित बजारमा ल्याउन सफल भएका छन्।

 

 

 

रोमान्टिक डान्समा रमाउने युवा पुस्तालाई मध्यनजर गरी ल्याएको गितको बोल रहेको छ “आर्गनिक माया” साच्चिकै गितको बोलमा भने जस्तै आर्गनिक माया कति सम्म दिन सक्ने हुन् उनै भिम थापाको गित सुनेपछि मात्र थाहा हुनेछ। भिम थापाको भिडियोमा सुजन मार्पा तामाङ र कविता नेपालीको अभिनय रहेको छ भने धनु ग्यान्गमी मगरको संगित र डि।पि।खनालको शब्द र एकान्त मगरले भिडियो निर्देशन गरेका छन् ।

१२४२ Total Views ३ Views Today

Comments