कल्पना माबोको संयोजकत्वमा मिथुन हाङ्गाम लिम्बुलाई कोरियाबाट सहयोग

Published: November 12, 2019 | 1:06 pm | मङ्लबार, कार्तिक २६, २०७६ | १०३७ पटक पढिएको

ताप्लेजुङ लिङ्तेप तथा मिरिङ्देन-4 का मिथुन हाङ्गाम लिम्बु हाल “ट्रान्फर मैलाटिज” नामको रोग लागेर जीवन- मरणको दोसाँधमा  लडीरहेकी छिन । बिरामी हाङ्गाम लिम्बुको हाल कम्मरदेखी मुनि शरीरको सबै भागहरु नचल्ने भएको छ। गत तिन बर्ष देखी बिरामी भएकोले उपचारको लागी आफ्नो जग्गा जमिन सबै धरौटिमा भएकोले हाल उनको घर पनि छैन । उनी झापामा आफ्नो आफन्तको घरमा बसिरहेकी छिन ।

 

 

उपचार गर्ने क्रममा बिरामी घरबार बिहीन भई अझै पनि उपचार गर्ने पैसाको अभाव रहेकोले दक्षिण कोरियाबाट कल्पना माबो लिम्बुको संयोजकत्वमा दुई हप्तासम्म ‘मिथुन बचाउ अभियान’ चलाइ नेपाली रकम रु दुर्इ लाख अडचालिस हजार आठ सय(2,48,800) रुपैयाँ संकलन गरी बिरामीलाई हन्तान्तरण गरिएको छ ।

 

 

आर्थिक संयोजक कल्पना माबोले यो १५ दिने अभियानमा यती धेरै सहयोगी मनहरुले साथ् सहयोग गरीदिनुभएको प्रती हार्दिक नमन ब्यक्त गर्दै भनेकी छन् , ” यो ठुलो संकटमा हामीलाई बिस्वास गरी सहयोग गर्नुहुने सम्पूर्ण खुला मन र दयाका खानी भएका सहयोगी महानुभवहरु सबैलाई धेरै -धेरै धन्यबाद दिन चाहन्छौ र आगामी दिनहरुमा फेरीपनि अन्य यस्तै सहयोग अभियानमा साथ् दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौ,” उनले भनेका छन् ।

१०३८ Total Views ३ Views Today

Comments