कोरियामा कुलमान घिसिङको साथमा भेटघाट तथा छलफल कार्यक्रमको अव्योजना हुने

Published: November 7, 2019 | 1:46 pm | बिहिबार, कार्तिक २१, २०७६ | २०३ पटक पढिएको

दक्षिण कोरिया/ शौल/
दक्षिण कोरियमा नेपाली समुदायले विद्युत प्राधिकरणका कार्यकारी डाईरेक्टर तथा उज्यालो नेपालका नायक कुलमान घिसिङको साथमा बृहत कार्यक्रमको आयोजना गरेका छन । नेपाली संस्थाहरुले संयुक्तरुपमा भेटघाट तथा छलफल कार्यक्रम गर्ने तय भएको हो । सिउलमा नोभेम्बर ८ तारिख सुक्रबार बेलुकी ८ बजे कार्यक्रम हुने आयोजकले बताए ।

 

 

घिसिङ कोरिया सरकारको निमन्त्रणामा “Energy transition and digital transformation” BIXPO 2019, Korea सम्मेलनमा भाग लिन आउनु भएको हो । उनी नोभेम्बर ६-९ तारिख सम्म कोरियामा रहने श्रोतले जनाएको छ ।
कार्यक्रम दोंदेमुन स्थित दर्शन नमस्ते रेष्टुरेण्टको हलमा हुनेछ । सम्पुर्ण कोरियामा रहेको नेपाली महानुभावहरुलाई उपस्थितीको लागी आयोजकले निमन्त्रणा गरिएको छ ।

 

 

एनआरएनए, एनसीसी , आदिवासी जनजाती महासंघ, पत्रकार महा संघ, अनलाईन मिडिया, प्रदेश ३ एकता समाज, पुर्वान्चल सरोकार समाज, सुदुरपश्चिमान्चल समाज, वमन फर वमन, तामाङ संघ, र रामेछाप सम्पर्क समिती लगाएतको संस्थाहरुले कार्यक्रम आयोजना गरिएको हो ।

२०४ Total Views ११ Views Today

Comments