कोरियाको बुसान खिमेस्थित लुम्बिनी क्लब एन्ड लाइभबार खुल्दै

Published: November 6, 2019 | 12:08 pm | बुधबार, कार्तिक २०, २०७६ | २६७८ पटक पढिएको

कोरियामा पहिलो पटक क्लब एंड लाइभ बार सुभारम्भ हुने भएको छ । बुसानको खिमेमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने गरि किम्हेमा लुम्विनी क्लव एण्ड लाईभ दोहरी सञ्चालन हुने भएको छ । गायिका तयाहागंमा राई, लोक दोहरी गायक गगां पुन, लोक दोहरी गायिका पुनम थापा, चर्चित डीजे रेजिना याक्खा तथा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कोरिया शाखाको प्रस्तुतीसँगै यहि आउदो नोभेम्वर ९ तारिक शनिवार साझ ७ बजे देखि लुम्विनी क्लव एण्ड लाईभ दोहरीको शुभारम्भ हुने बारका संचालिका परि गरुङले बताईन ।

 

 

 

गीत- संगीतको मात्र मनोरंजन नभई मिठो- मिठो नेपाली परिकारहरुको स्वाद लिन समेत सकिने गुरुङ्गले बताएकी छिन । हरेक सनिबार र आइतबार केहि बिशेष नेपाली परिकारसंगै लाइभ गीत- संगीतको साथमा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भरपूर मनोरंजन लिन सक्नु हुने संचालिका गुरुङ्गले बताएकी हुन् । साथै कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई लुम्बिनी क्लव एण्ड लाईभ बारमा उपस्थित भई सेवा गर्ने मौका दिनुहुन सबैलाई हार्दिक अनुरोध गरेकी छन् ।

२६७९ Total Views ४२ Views Today

Comments