मिस राई प्रतियोगी कोरियामा म्युजिक भिडियो गर्दै

Published: November 5, 2019 | 2:36 pm | मङ्लबार, कार्तिक १९, २०७६ | ८३९ पटक पढिएको

 


दक्षिण कोरिया –
कोरियाको अटोमन सिजनमा म्युजिक भिडियो छायांकन गर्ने रहर निर्देशक हाङ चेम्जोङले पूरा गरेका छन् । उनले आफ्नो फेसबुकमा तस्वीरका साथ सो कुरा सार्वजानिक गरेका हुन् ।

 

 

दीपा लामाको स्वरमा रहेको ‘तिमी मसँग किन रिसाउँछौ…’ बोलको गीतलाई निर्देशक हाङले अटोमन सिजनमा छायांकन गरेका हुन् । बसन्त नाछिरिङ् राईको शब्द र संगीत, टेकेन्द्र यक्सोको एरेन्जमा तयार भएको उक्त गीतमा Miss rai participate २०१७, Miss photogenic & miss viewers choice award हासिल गरेँकी रजनी राई अभिनयमा देखापर्ने भएकी छीन ।

 

नेपलमा हुँदा नै तिन वटा म्युजिक भिडियो गरीसकेकी रजनी राई संगै दिनेश नाछिरिङ राई र मोहन नाछिरिङ राईको अभिनय यो म्युजिक भिडियोमा देख्न सकिनेछ ।

विपि याम्फूको छायांकन र ड्रोन, निसाम्म कुलुङ राईको श्रृङ्गार रहेको म्युजिक भिडियो चाडै नै युट्युवमार्फत सार्वजानिक हुने निर्देशक हाङ्ग चेम्जोङ्गले जानकारी दिएका छन् ।

८४० Total Views ३ Views Today

Comments