चिसो मौसममा पनि हाङ चेम्जोङ्ले अर्को नयाँ गीतको निर्देशन सम्पन्न गरे

Published: October 29, 2019 | 12:20 pm | मङ्लबार, कार्तिक १२, २०७६ | १९ ६१ पटक पढिएको

 

कोरियामा रहेर म्युजिक भिडियो निर्देशनमा सक्रिय हाङ चेम्जोङले अर्को नयाँ गीतको छायांकन सकाएका छन् ।

 

एल्बम ‘नुतन’मा समावेश उक्त गीतमा नुतन भुसालको शब्द, जुना प्रसाई र शिव परियारको आवाज रहेको छ भने हरी लम्सालको संगीत रहेको छ । कोरियाका विभिन्न सुन्दर ठाउँहरुमा छायांकन गरिएको सो म्युजिक भिडियोमा अलिना थापा मगर र निशान शेर्पाको  अभिनय हेर्न सकिने छ ।

 

 

क्यामेरामा दिपक पौडेल र ड्रोनमा पनि दिपक पौडेले केडी रहेको उक्त भिडियो चाँडै नै म्युजिक नेपाल मार्फत् आउने निर्देशक हाङ चेम्जोङल जानकारीे दिएका छन् ।

१९ ६२ Total Views ६ Views Today

Comments