सुवनमा कबड्डी ३ प्रदर्शन हुदै !

Published: October 7, 2019 | 1:43 pm | सोमवार, अशोज २०, २०७६ | १४६९ पटक पढिएको

कोरियाको राजधानी सउलमा हाउसफुलका साथ दुई शो सम्पन्न गर्न सफल सुपरहिट चलचित्र कबड्डी ३ पुनः कोरियाको एक मुख्य सहर सुवनमा अक्टोबर २० तारिख प्रदर्शन हुने भएको छ ।

 

उक्त चलचित्र राजनीतिक, धर्म जात वा वर्ग बाट अलग संस्था हामी नेपाली दक्षिण कोरियाद्रारा आपत कालीन अक्षकोष सहयोगार्थ प्रदर्शन गर्न गइरहेको आयोजकले बताएको छ साथै केहि दिन अघि फेन्थेक सहरमा चलाउने भनि फेसबुक मार्फत सुचना गरेको आयोजकले त्यस सहरमा बुकिङ गरेको हल स्वाइन फुलु नामक रोगका कारण सहर समितिले रद्द गर्दिएको हुदा स्थान परिवर्तन गर्न वाध्य भएको र उक्त सुचनाले पर्न गएको असर प्रति आयोजक कमिटीले क्षमा प्रार्थी भएको समेत जानकारी दिएको छ ।

 

कबड्डी ३’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ बहु चर्चित नेपाली चलचित्र “कबड्डि, कबड्डि, कबड्डि सुवनमा पनि भव्य प्रर्दशन हुने कुरा सबैमा सहर्स जानकारी गर्दै आदारणिय नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई उस्थितको लागि आयोजकले अनुरोध पनि गरेको छ ।

१४७० Total Views ३ Views Today

Comments