रिकमान मगरद्वारा निर्देशित राजेश पायल राईको “एक नजर..” गीतको भिडियो सार्वजनिक

Published: October 3, 2019 | 1:54 am | बिहिबार, अशोज १६, २०७६ | ३४३४ पटक पढिएको

दर्जनौ म्यूजिक भिडियो निर्देशन गरिसकेका व्यस्त निर्देशक रिकमान मगरको निर्देशन रहेको नेपाली सांगीतिक जगतका लोकप्रिय गायक राजेश पायल राइको ‘एक नजर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा सिर्जना खड्काको शब्द, दिपक राज विश्वकर्माको एरेन्ज र मनोज परियारको मास्टरिड़ रहेको छ। कोरियाको राजधानी सौलको बिभिन्न रमाणीय स्थलमा छायाङ्गकन भएको यस भिडियोमा निस्चल बान्तावा राई र सिर्जना खड्कालाई देख्न सकिन्छ ।

नवलपरासीका निर्देशक रिकमान मगर सानैदेखी कलाकार बन्ने सपना बाेकेका र म्यूजिक भिडियो बनाउनमा चासो राख्ने गर्दथे । म्यूजिक भिडियो बनाउने मात्रै हैनन उनी अभिनय पनि उतिकै राम्रो गर्छन्।

 

निर्देशक रिकमान मगरद्वारा निर्देशित म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :

३४३५ Total Views ३ Views Today

Comments