सिस्नुपानी हास्यव्यंग्य महोत्सव सम्पन्न

Published: October 1, 2019 | 10:33 am | मङ्लबार, अशोज १४, २०७६ | ५०६ पटक पढिएको

 

एईडेन छन्त्याल-
कोरियामा कोरियामा रहेका श्रमशील नेपालीहरुमा दुई थोपा हाँसोको सचेतना अभियान सहित सिस्नुपानी हाँस्यब्यंग्य महोत्सव सम्पन्न भएको छ । सेप्टेम्बर २९ का दिन कोरियाको फेन्थेक स्थित फेन्थेक माईग्रन्ेट सेन्टरको हलमा उक्त कार्यक्रमको आयोजना भएको हो ।

 

 

सिस्नुपानी नेपालका चर्चित हाँस्य कलाकारहरु मनोज गजुरेल, लक्षमण गाम्नागे, अर्जुन पराजुली, टंक आचार्य, सरोज घिमिरे, कमलिकान्त भेटुवाल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा दर्शकको उल्लेख्य सहभागी रहेको थियो ।

 

 

कार्यक्रममा सिस्नुपानी नेपालका सम्पूर्ण कलाकारहरुले उपस्थितीहरुमा हाँसोको फोहोरा छु्टाएको थियो ।प्रतिकुल समयको बावजुद पनि कार्यक्रममा सहभागीता जनाएर कार्यक्रम भब्य बनाउन सहयोगी भूमिका खेल्नुहुने सम्पूर्णमा कार्यक्रम ब्यवस्थापक कृष्ण पुरीले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

 

५०७ Total Views ६ Views Today

Comments