गायिका सोनाम दोङ्बा ह्योल्मोको नयाँ म्युजिक भिडियो “परदेशी छोरी” सार्बजनिक , युट्युबमा अत्यधिक हेरियो !

Published: September 30, 2019 | 10:18 am | सोमवार, अशोज १३, २०७६ | ८३६ पटक पढिएको

 

सौल, 
गायिका सोनाम दोङ्बा ह्योल्मोको नयाँ म्युजिक भिडियो “परदेशी छोरी” सार्बजनिक संगै बजारमा निकै नै चर्चामा रहेको छ । प्रबासी भुमि दक्षिण कोरियामा आफ्नो कर्म थलो बनाई राख्नु भएकी मिठो सुरिलो स्वरकी धनि राम्री मात्र नभएर उनि अनलाईन रेडियो गोर्खाली मिडियाका प्रस्तोता पनि हुन् ।

 

 

गायिका सोनाम दोङ्बा ह्योल्मोको निक्कै मर्मिक गीत रहेको सो भिडियोमा आसुसेन लामाको शब्द संगीत, प्रदिन्द्र राइको एरेन्ज र सुमन खड्काको मिक्सिङ रहेको छ । उत्सब दाहालको छायांकन, सम्पादनमा बिकाश दाहाल र युबराज वाईबा ले निर्देशन गरेका हुन् ।

 

भिडियोमा छोरीको भुमिकमा चर्चित नायिका तथा मोडल वर्षा थिङ रहेको छ भने आमा र बाबा को भुमिकमा श्याम राई र डोमा ह्योल्मो रहेका छन्। उक्त गित निक्कै नै मर्मिक छोरीको दुखा पीडालाई समेटिएको छ । अन्तमा छोरी परदेशबाट रबि लामिछाने ले उद्धार गरेको कथा बस्तुमा निर्माण गरिएको देखिन्छ।

 

 

यस गीतका बारेमा साेध्दा उनी भन्छन् ‘मैले गीत संगीतका लागि निकै संघर्ष गरेकाे छु । यो गीत सुन्दा मन छुने ,रमाइलो महसुस गराउने भएको हुँदा गीतले सबैको मन जित्नेमा विश्वस्त छु ।’ गीतको अडियो र भिडीयो राम्रो बनेकोले श्रोता दर्शकले यो गीतलाई मन पराउने बताउछिन ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।

८३७ Total Views ६ Views Today

Comments