७९४ मत ल्याएर एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा सुवेदी निर्वाचित

Published: September 22, 2019 | 12:55 pm | आइतवार, अशोज ५, २०७६ | १०९ ४ पटक पढिएको

गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित भएका छन् । संघको आइतबार भएको सातौं अधिबेशनबाट ७९४ मत ल्याएर उनी बिजयी भएका हुन् ।

 

 

 

अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्ष सोम तामाङ, सन्जिब राई, यदु लामिछाने निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा बिमल सुवेदी, सचिवमा राजकुमार स्याङ्ताङ र मनोज गौतम बिजयी भएका छन्। त्यसैगरी कोषाध्यक्षमा चन्द्र राना सह-कोषाध्यक्षमा सन्तोष खड्का निर्बाचित भएका छन् ।

 

 

आइसिसी सदस्यमा निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ र ओम जुग्जाली निर्विरोध चयन भएका छन् भने सदस्यहरु पनि निर्बिरोध नै चयन भएका हुन् ।
अधिबेसनमा एनआरएन कोरियाको आतिथ्यता लाई स्विकार्दै एनआरएन आइसिसि अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र मिडल इस्ट एसिया संयोजक आर के शर्मा लगायतका ब्याक्तित्वहरु कोरिया आएका थिए ।

१०९ ५ Total Views ३ Views Today

Comments