निशा राईले लगानी गर्दा किन राजेश पायल राई नै रोजे त ? ल हेर्नुहोस बास्तबिक्ता

Published: August 16, 2019 | 5:05 pm | शुक्रबार, साउन ३१, २०७६ | ५१२ पटक पढिएको

काठमाडौँ- ”राई इज किङ्ग” राजेश पायल राईको स्वरमा सदाबहार गित सार्वजनिक भएको छ। ”कोहि मान्छे” नाम दीइएको उक्त गीतका शब्द मिरा देवी राईको र संगीत सांगीतिक फाटमा उदाउदो संगीतकार उत्तम राईको रहेको छ । गीतको यारेंज पदम राजन मगर र मिक्सिंग मुस्कान मुकारुंग गरेको हुन् भने सेवा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियो

हेरौ एक अन्तरा गीतको
कोहि मान्छे ठुला र बडा कोहि धर्म मनको
कोहि मान्छे गर्छन कुरा धनको कोहि ज्यानको ।
शब्दनै अत्यन्तै मन छुने खालको छ ।
यस बिषयमा संगीतकारलाई हामीले सोध्यौ ।
अहिले मार्केट चटपटे गीतको छ । तपाईहरु चाही किन यस्तो सदाबहार गित तिर आकर्षित हुनुभयो ?
यसको जवाफ संगीतकार उत्तम राईले भने अहिले केहि समय चल्छ । भ्युज पनि आउछ केहि दिनमा अर्कोले बजार कब्जा गरि सकेको हुन्छ । यो सदाबहार गित हो । जो हजारौ बर्ष पछि सुन्दानी त्यतिकै आनन्द आउछ । त्यसैले हामीले यो प्रोजेक्ट निर्माण गरेका हौ । यो गीतमा भनेको कुरा बर्षौ देखि चलि आएको सामाजिक कुरा हो । हामीले समाजलाई संदेश पनि दिन खोजेका छौ ।
यस गीतको भिडियोमा गायक राजेश पायल राईको लिपसिंग गीतकार बिष्णु पोल्वाङछा राई र संगीतकार उत्तम राईको अभिनय देख्न सकिन्छ । यस गीतलाई छायांकन, सम्पादन दुवै जीवन मुकारुंगले गरेका हुन् ।
५१३ Total Views ३ Views Today

Comments