पार्टी एकीकरण बारे बैठक संगै पार्टी प्रवेश कार्यक्रम राजधानी सोलमा सम्पन्न

Published: August 15, 2019 | 5:11 pm | बिहिबार, साउन ३०, २०७६ | ९ ८३ पटक पढिएको

 

भिजन नेपाल टिभी ,संवाददाता –

यही अगस्ट ४ तरिखका दिन नेफेसो द। कोरियाको नियमित आवधिक बैठक सउलको दोंगदेमुनस्थित आगमन रेस्टुरेन्टमा सम्पन्न भएको छ । कोरिया प्रवास संगठनका अध्यक्ष दर्पण गुरूङको अध्यक्षता रहेको उक्त बैंठक तथा पार्टी प्रवेश कार्यक्रममा नेफेसोका सल्लाहकारहरू, तेस्रो कार्यसमितिका पदाधिकारीहरू र क्रियाशिल सदस्यहरू लगायत पार्टी सम्बद्ध अन्य समाजसेवी तथा राजनीतिक ब्यक्तित्वहरूको बृहत उपस्थिति रहेको थियो ।

 

 

पेशागतरूपमा ब्यापार-व्यवसायमा लामो समयदेखि सक्रिय आङदावा तामाङ समाजवादी पार्टीको प्रवास संगठन कोरियाबाट बिधिवत् रूपमा प्रवेश गरी सोही संगठनको संरक्षकत्व भूमिका निभाउने जिम्मेवारी पार्टीले दिएको छ । पार्टी प्रवेश पश्चात कार्यक्रममा संक्षिप्त मन्तव्यमा राख्दै व्यवसायी तामाङ्गले -समाजबादी पार्टीको शाखा नेफेसो दक्षिण कोरियाको संरक्षक जस्तो गरिमामय पदको जिम्मेवारी बहन गर्न पाउँदा जीवनमा थप जोस, जाँगर, उमंग थपिएको र विभिन्न विभेद, उत्पीडनविरुद्ध र समावेशिताका लागि आफु सक्रियताका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । त्यस्तै सोही कार्यक्रममा सल्लाहकारको रूपमा उमेश राई मनोनित भएका थिए ।

 

सल्लाहकार उमेश राईले पनि हर्ष व्यक्त गर्नुका साथै संगठनको विकास र बिस्तारको लागि प्रयासरत रहने बताएका थिए । कोरियास्थित समाजवादी पार्टीको कोरिया साखा नेफेसो र नया शक्ती पार्टीको कोरिया साखा अनेसबीच समायोजनमा जुट्नु भएका समायोजन वार्ता समितिका सदस्यहरु टीका सोनाहाङ, चित्र मोक्तान र रबिन राईले समायोजन र जिम्मेवारी विभाजन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको र त्यसबारे तत्कालै अन्य जानकारी सार्वजनिक हुने बताएका छन् ।

९ ८४ Total Views ३ Views Today

Comments