मायाको मामिलामा आजसम्म हामी बेहिसाब- बेहिसाब

Published: August 10, 2019 | 9:20 am | शनिबार, साउन २५, २०७६ | १४६० पटक पढिएको

 

कविता
सुमित्रा अश्रुधारा ,काठमाडौ-

 

आउ हिसाबकिताब गरौ
तिम्रो मेरो मायाको मामिलामा
आज सम्म हामी
बेहिसाब बेहिसाब
निस्केका छौ प्रेमको सफरमा…………

 

 

सम्झ अब आयो दोबाटो
सम्झ अब आयो अर्को आयाम
र तयार पारेर राख आफुलाइ
अर्को रंगिन याम बाच्न
कुरिरहेको छ पालुवाहरुले
तिम्रो जिन्दगी सजाउन ………………

 

 

दुख्नु पर्दैन तिमिले बार -बार
मै भएर तिम्रो जिन्दगीमा
दुखेको हौ तिमी धेरै पटक
हार्नु पर्दैन तिमी
मै भएर हारेको हौ तिमी
पर्ख अब आएको छ तिम्ले जित्ने पालो ,
हार -जित केबल महसुस हो
मायाको मामिलामा
न कोहि हार्छन , न कोहि जित्छन
साचो माया गर्नेहरु………………

 

 

ओइलाउदै गरेको रातो गुलाब
भुइमै झरेर फेर्छ रंग ,उ सुकेर उड्छ
र आफ्नो अस्तित्व सकाउछ
गुनासो गर्दैन कहिले पनि
झर्दै गरेको फूलहरुले
झर्नुमा पनि आनन्द महसुस गर्छन
केही चिजहरुले………

 

 

 

बरु झर्ला आशुको
अनगिन्ती थोपाहरु
मैले आजसम्म पनि महशुस गरिन
तिमिलाइ गुमाउने पल
मेरा आँसुहरुमा
तिम्रो सुखद घरबार बस्ने छन
केही छैन ,बाच तिमी केही थान
कुसुमे जिन्दगीहरु…………

 

 

आफ्नै मनरोग भनौ या जिद्दिपन
सधै जताइरहे हक तिमीमा ,
र बनिदियौ सधै मेरो मुटुको सहयात्री
प्रेम पाउनु मात्रै थिएन यारा
गुमाउदै गर्दा तिमिलाइ र महसुस भयो
मुटु काटेर दिन निक्कै मुस्किल छ ……

 

 

त्यो मोडमा तिमिलाइ भेट्नु
तिम्रो सौभाग्य या मेरो
टुक्रिएर धुजा धुजा भएको म
बिस्तारै तिमिले यसरी जोड्यौ मलाई
सुस्तरी खुल्न थाले मेरा मुस्कानको चाबी
र म हराए सुखद निद भित्र ……………

 

 

अन्तिम पल्ट थरथराउदै कापेको आवाज
तिम्रो छेउछाउ गुन्जिने छ
सम्झ तिमी जितिरहेको छौ
र उनी हारिरहेकि छिन
पाउनु जति सजिलो गुमाउनु हुदैन
त्यो पनि मायाको मामिलामा …………!!

१४६१ Total Views ३ Views Today

Comments