सेवा-सेवारो सांगीतिक कार्यक्रम”को पोष्टर सार्वजनिक अगस्ट ४ तारिख बुसानमा हुँदै !
“
बुसान कोरिया / “हाम्रो पहिचान संस्कार, निकाश सहितको सामाजिक अभियान, नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मूल नाराका साथ किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा बुसान ख्यङ्साङ्नाम्दो शाखाले संयुक्त रुपमा आयोजना गरेको “सेवा-सेवारो सांगीतिक कार्यक्रम”को पोष्टर सार्वजनिक साथै अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
आउदो कोरियन चाड छुसकको अवसरमा सेप्टेम्बर १२ तारिखका दिन सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमको पोष्टर सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम अगस्ट ४ तारिख आइतबारका दिन किम्हेस्थित लिटल ईन्डिया रेष्टुरेन्टमा सार्वजनिक गरिने तय भएको छ।
सांगीतिक कार्यक्रमबाट संकलित रकम अनाथ बाल आश्रमका लागि सहयोग गरिनेछ। दर्शकहरुको रुचिलाई मध्यनजर गर्दै नेपालबाट बहुचर्चित राष्ट्रीय कलाकारहरुलाई आमन्त्रण गरि भब्य रुपमा कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
कोरिया क्यङ्साङ्नाम्दो लगायत जुनसुकै क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधि समाजसेवी, विद्यार्थी, पत्रकार, कलाकार, खेलाडी लगायत विभिन्न पेसामा आबद्ध रहेका नेपाली दाजु-भाई दीदी-बहिनिहरुलाई पोष्टर सार्वजनिक कार्यक्रममा उपस्थित भइदिनहुन आयोजकले अनुरोध गरेको छ।