समर क्याम्प २०१९ को तयारी पुरा ,ईच्छुकहरुले आज साँझसम्म नाम दर्ता गराईसक्नुपर्ने

Published: August 1, 2019 | 2:18 am | बिहिबार, साउन १६, २०७६ | २०९ ० पटक पढिएको

भिजन नेपाल टिभी ,संवाददाता -गुन्पो

हरेक बर्ष झैँ यो बर्ष पनि गुन्पो नेपाली शेल्टरले ३ दिने समर क्याम्प लैजाने भएको छ । कोरियाकै प्रसिद्ध पर्यटकीय स्थलहरुको भ्रमण हरेक बर्ष गराउदै आएको उक्त गुन्पो नेपाली शेल्टरले यो बर्षको स्थान खाङ्गवनदोलाई छनौट गरेको छ । भोली शुक्रबार २ तारीक प्रस्थान गर्नेगरी सम्पूर्ण तयारी सकिएको संयोजक ईजोक थापाले जनाएका छन् |

 

 

यही अगस्ट २, ३ र ४ तारीक गरी २ रात ३ दिनको समर क्याम्पको लागी जान ईच्छुक व्यक्तीहरुले अन्तिम समय अगस्ट १ तारीक बिहीबार साँझसम्म आफ्नो नाम दर्ताको लागी सम्पर्क गरिसक्नुपर्ने छ । गुन्पो रेल स्टेशन नजिक रहेक्प गुन्पो नेपाली शेल्टरबाट २ तारिक शुक्रबार बिहान ९ बजे पहिलो बस प्रस्थान गर्नेछ भने दोस्रो बस शुक्रबार बेलुकी १० बजे प्रस्थान गर्ने समर क्याम्प २०१९ का संयोजकले बताएका हुन् ।

 

 

उक्त समर क्याम्प २०१९ कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक साथै रचनात्मक खेल तथा कार्यक्रमहरु हुने भएको छ । प्रसिद्ध समुन्द्र किनारमा बसेर विभिन्न स्वादिष्ट नेपाली परिकारहरु समेत लिन सकिने व्यवस्था आयोजकले मिलाएको छ । कोरियाबासी नेपालीहरु मध्ये कोहि जान इच्छुक हुनुभएको व्यक्तीले यो मोबायलमा सिधा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ । ( सजना महर्जन ०१०-८२५७-८८९२) र कमल राई (०१०-८६९१-५०३७)

 

२०९ १ Total Views ६ Views Today

Comments