दुवै मृगौला फेल भएका खड्ग ब. खवासलाई आर्थिक अभाव ,परिवारद्वारा सहयोगको अपिल !

Published: August 1, 2019 | 12:49 am | बिहिबार, साउन १६, २०७६ | १९ १० पटक पढिएको

भिजन नेपाल टिभी संवाददाता ,धरान

धरान १५ स्थित घर भएका खड्ग बहादुर खवास यतिबेला जीवन मरणको दोसाधमा पुगेका छन् । जसोतसो उनको जिन्दगी गुज्रीरहेकै थियो तर एक्कासी उनीमाथी दैवले अन्याय गरेजस्तै भएको छ यतिबेला । उनी यतीबेला दुवै मृगौला पीडित बनेका छन् अझ भनौ उनको मुटुले २२ प्रतिशत मात्र काम गरिरहेको मेडिकल रिपोर्टहरुले बताएको छ । उनको परिवारमा यतिबेला ठुलो बज्रपात आईलागेको छ । बिरामी खड्ग बहादुरलाई धरानस्थित बिपी कोइराला बिज्ञान प्रतिष्ठान धरानले उपचार गर्न नसकेपछि उनलाई नोबेल होस्पीटल रेफर गरिएको उनको छोरा सुरेश खवाशले बताएका छन् ।

 

 

 

पीडित खड्ग बहादुरलाई हप्तामा दुई पटक हेमोडाईलासिस अनिवार्य गराउनु पर्ने भएको र अवस्था झन् खराब भै गएमा अझ अस्पताल कुदाईहाल्नु पर्ने अवस्था भएको हुदा र उपचार गर्ने रकम अभावको कारण पीडित परिवारले देश बिदेशमा रहनुभएका नेपालीहरु माझ सहयोगको अपिल गरेका छन् ।
आफुसंग भएको रकम हालसम्म उपचारमा सकिएपछि उनको परिवारले साथीभाई र समाजसंग आर्थिक सहयोगको अपिल गरिरहेको छन् । त्यसै क्रममा धरानस्थित मेन्यान्ग्बो कल्याणकारी संघ नेपालले सहयोग अभियानबाट १ लाख ७५ हजार ५ सय ९९ रुपिया पीडित खवासलाई एक कार्यक्रममा नगद हस्तान्तरण गरेका छन् । तर उनको जीवन बचाउन ठुलो रकमको आवश्यकता भएको हुदा सम्पूर्ण नेपालीहरुले आफ्नो चिया खर्च बचाएर भएपनि मृगौला पीडितको जीवन बचाई पुण्य कमाउनुहुन मेन्यान्ग्बो कल्याणकारी संघ नेपालले अनुरोध गरेका छन्।

 

मृगौला पीडित खड्गबहादुर खवास बचाउनको लागी कोरियामा पनि दिपेन क्षेत्रीको संयोजकत्वमा सहयोगी मनहरुबाट सकेको आर्थिक सहयोग संकलन गरिने भएको छ। त्यसैले कोरियास्थित मनकारी नेपालीहरुले यो खाता नम्बरमा आर्थिक सहयोग गर्नसक्नुहुने छ। खाता नम्बर ३४३-९१०४३१-०६२०७ ( ) हाना बैंक कोरियामा रकम जम्मा गरेपश्चात सम्बन्धित खातावाला व्यक्तिलाई जानकारी गराईदिनुहुन संयोजक दिपेन क्षेत्रीले अनुरोध समेत गरेका छन् ।

कोरियाको लागी आर्थिक संकलन खाता

क्षेत्री दिपेन
खाता नम्बर; ३४३-९१०४३१-०६२०७ हाना बैंक
सम्पर्क नम्बर ; ०१०-८२२१-७४२०

 

१९ ११ Total Views ६ Views Today

Comments