साकेला उभौली सम्पन्न ,विश्व अल्ट्रा धावीका मिरा र गायीका बेनुका राईलाई भब्य सम्मान

Published: June 5, 2019 | 3:11 pm | बुधबार, जेष्ठ २२, २०७६ | ४६२५ पटक पढिएको

 

भिजन नेपाल टिभी ,संवाददाता –

दक्षिण कोरियामा पनि किरात राईहरुको उभौली साकेला चाड आईतबार भब्य सम्पन्न भएको छ । राजधानी सोलस्थित थोंदेमुंन छेउको सुन्गिन ग्रीनपार्क डाँडामा हरेक बर्ष झैँ यो बर्ष पनि साकेला मनाईएको हो । किरात राई यायोख्खा दक्षिण कोरियाको आयोजनामा सम्पन्न साकेला कार्यक्रममा नेपालबाट विश्व अल्ट्रा धावीका मिरा राई र किराती मिथक गायीका बेनुका राईको बिशेष उपस्थिति रहेको थियो ।

 

 

 

साकेला कार्यक्रमको औपचारिक कार्यक्रममा कोरियास्थित नेपाली दुतावास ,एनआर एनए कोरिया र किरात राई यायोख्खा द कोरियाले संयुक्त रुपमा अल्ट्रा धावीका मिरा राई  गायीका बेनुका राईलाई बिशेष सम्मान गरेको थियो । उक्त सम्मान कार्यक्रममा कोरियामा रहेका विभिन्न संघ- संस्थाहरुले पनि अल्ट्रा धावीका मिरा र गायीका बेनुका राईलाई दोसल्ला तथा खादाले भब्य सम्मान गरेको हो । सम्मान कार्यक्रम पश्चात भने अतिथीद्वय मिरा राई र बेनुका राईसंग उपस्थित सबैले पालै- पालो तस्बिर लिन भीड लागेको देखिन्थ्यो । त्यस्तै औपचारीक कार्यक्रमको शुरुमै संस्थाका सल्लाहकार तथा बिभिन स्थानहरुबाट पाल्नुभएका अतिथीहरुलाई फेटाले सम्मान पनि गरिएको थियो ।

 

 

औपचारीक कार्यक्रम पछि भने दोस्रो चरणमा ढोल – झ्याम्टा सहित साकेला थानमा पारुहाङ्ग र सुम्निमालाई पुजा गरेपछि साकेला नाच कार्यक्रम शुरु भएको थियो । मौसम अलि गर्मी भएपनि साकेला कार्यक्रममा बुसान ,खजेदो ,सउल लगायत कोरियाको विभिन्न स्थानहरुबाट कोरियाबासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित सबैले साकेला नाच रमाइलो गरी नाच्दै रमाएका थिए भने कार्यक्रमको मध्यभागमा किराती मिथक गायीका बेनुका राईले उनको साकेला गीत मार्फत माहौल झनै तताएको देखिन्थ्यो । कार्यक्रममा विभिन्न किराती परिकारहरुको पनि व्यवस्ता गरिएकोले उक्त परिकारहरु रस्वस्वादन गर्दै उपस्थित सबैले साकेला नाचेका थिए । साकेला कार्यक्रम कार्यक्रम १ बजेदेखि ५ बजेसम्म संचालन भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

४६२६ Total Views ३ Views Today

Comments